फाल्गुन । महोत्तरीमा एम्बुलेन्सको ठक्करबाट एक युवकको मृत्यु भएको छ। गौशाला नगरपालिका–१ रामनगरमा हिजो साँझ स १ च १३९३ नम्बरको एम्बुलेन्सले साइकललाई ठक्कर दिँदा स्थानीय ३५ वर्षीय तेजनारायण महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
रामनगरमा रहेको एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजका मजदुर गएराति उद्योगमा काम गरेर घर फर्केने क्रममा दुर्घटनामा परेका हुन्। एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका महतोलाई तत्काल उपचारको लागि जनकपुर लाने क्रममा बाटोमा नै मृत्यु भएको हो।
दुर्घटनापछि एम्बुलेन्स चालकलाई प्रहरीले पक्राउ गरेको छ।