धनगढी, ४ फागुन/नेपाली काँग्रेस कैलालीको जिल्ला अधिवेशन फेरी सरेको छ । पटक–पटक सर्दै आएको जिल्ला अधिबेशन फागुन १३ गतेका लागि तोकिएको अधिबेशन फेरी सेरर १५ गते भएको नेपाली कांग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायाण शाहले जानकारी दिएका छन् ।
यसअघि फागुन १३ गते जिल्ला अधिवेशन गर्ने भनिएकोमा फेरि फागुन १५ गतेसम्मका लागि अधिवेशनको मिति सरेको हो । सुदूरपश्चिम प्रदेशको कैलाली र अछामको जिल्ला अधिबेशन हुन बाकी रहेको छ । केन्द्रीय निर्वाचन समितिले नै मिति सारेको बताइएको छ । अब फागुन १५ मा कैलाली र अछामको अधिवेशन हुने छ ।