धनगढी, २६ माघ । सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। राजमार्गमा एक युवक मृत भेटिएपछि स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका हुन्।
उक्त घटनाको छानबिन गर्न भन्दै राजमार्ग बन्द गरिएको स्थानीयवासी कमलबहादुर डाँगीले जानकारी दिए। राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका दजर्नौँ यातायातका साधन गोगनपानीमा जाममा परेका छन्।
आज जोरायल गाउँपालिका– १ गोगनपानीमा डडेल्धुराको आलिताल गाउँपालिका–१ भुसुका १६ वर्षीय भानु नाथ मृत्तावस्थामा फेला परेका थिए।