काठमाडौँ, २४ माघ । नेपाली बजारमा सोमबार सुनको मुल्यमा सामान्य वृद्धि देखिएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार आइतबारको तुलनामा सुनको मुल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा पुगेको छ। त्यस्तै तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ पुगेको छ।
चाँदीको मुल्य पनि आइतबारको तुलनामा तोलाको ५ रुपैयाँ बढेको छ। चाँदी प्रतितोला १२५५ रुपैयाँमा कारोबार भइरहेको छ।
