धनगढी, २२ माघ । प्रेस चौतारी नेपालले शनिवार आफ्नो २४ औँ स्थापना दिवस मनाइएको छ । प्रेस चौतारी कैलाली शाखाले एक कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो । चौतारीका कैलाली संयोजक भानुभक्त आर्चायको अध्यक्षमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रेस चौतारी नेपालका सुदूरपश्चिम इन्चार्ज हेमन्त पौडेल रहेका थिए ।
यस्तै कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य दिलबहादुर छत्याल, प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशका सह–इन्चार्ज गोविन्द रोस्यारा, पत्रकार महासङ्घका सुदूरपश्चिम अध्यक्ष योगेश रावल, नेपाल पत्रकार महासङ्घ कैलालीका अध्यक्ष हिमाल जोशी, प्रेस युनियन कैलालीका सभापति श्रवण देउवा लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरूले समुदायको विश्वास कायम राख्न पत्रकारहरूले थप जिम्मेवारी बहन गर्नु पर्ने र कसैको दबाब तथा प्रभावमा नपरी सही सूचना प्रवाह गर्नु पर्ने कुरामा जोड दिए । प्रेस चौतारी नेपाल कैलालीका सदस्य कृष्णप्रसाद ओझाले स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन चौतारीका सदस्य जनक विष्टले गरेका थिए ।