धनगढी, २१ माघ । धनगढीमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । धनगढी उपमहागरपालिका ८ बस्ने ७६ वर्षिया महिलाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
दम रोगबाट ग्रसित उनको सेती प्रादेशिक अस्पतालको आइसियुमा राखी उपचार भइरहेको थियो ।