धनगढी, २१ माघ । सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात सुरु भएको छ। मौसममा आएको परिवर्तनसँगै बिहीबार अपरान्हदेखि उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो।

डडेल्धुरा, बैतडी, बझाङका र डोटीका पहाडी क्षेत्रमा हिमपात भइरहेको स्थानीयले बताएका छन्। डडेल्धुराको साहुखर्क, हगुल्टे लेक, बैतडीको खोड्पे, बझाङको देउलेक क्षेत्रमा भारी हिमपात भइरहेको जानकारी प्राप्त भएको छ।

यो वर्ष लगातारको वर्षा र हिमपातले माघ सकिनै लाग्दा समेत चिसो कम हुन सकेको छैन। वर्षा र हिमपातले अत्यधिक चिसो बढ्दा बाहिर निस्कनसमेत समस्या भइरहेको सुदूरपश्चिमका पहाडी जिल्लाका स्थानियले बताएका छन।

