धनगढी २० माघ। सुदूरपश्चिमका पहाडी जिल्लाका विभिन्न स्थानमा बिहिबार हिमपात भएको छ।बाजुरा ,बझाङ , डडेल्धुरा, बैतडी , दार्चुला र डोटीलगायत पहाडि जिल्लाका उच्च क्षेत्रमा हिमपात भइरहेको छ ।
हिउ परेसँगै पहाडी जिल्लाका उच्च लेकाली क्षेत्रमा अत्याधिक चिसो बढेको छ। हिमपातले एक्कासि बढेको चिसोका कारण विशेष गरी वृद्धवृद्धा, बालबालिका तथा गरिखाने वर्ग बढी प्रभावित भएका छन्। हिमपातका कारण सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्गको विभिन्न ठाउँमा सडक अवरुद्ध भएको छ ।यता, कैलालीमापनि सिमसिम वर्षा भइरहेको छ। वर्षासँगै यहाँ पनि चिसो अत्याधिक बढेको छ।