काठमाडौँ, २० माघ । नेपाली बजारमा बिहीबार सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ बुधबारको तुलनामा प्रतितोला ५ सय रुपैयाँले बढेको हो।
यससँगै छापावाल सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँ पुगेको छ।त्यस्तै तेजावी सुनको भाउ ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको भाउ भने बिहीबार स्थिर देखिएको छ। चाँदी प्रतितोला १२५५ रुपैयाँमा कारोबार भइरहेको छ।