धनगढी, १९ माघ । ग्रामीण महिला बिकास तथा एकता केन्द्र (रुडुक) कैलालीले स्वास्थ्य सामाग्री बितरण गरेको छ । नेपाली कांग्रेसकी नेतृ डा.आरजु राणा देउवाको सहयोगमा कैलाली जिल्ला बडा प्रहरी कार्यलय धनगढी ,बसपार्क प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यलय धनगढी लाई स्वास्थ्य सामाग्री मास्क बितरण गरिएको रुडुक कैलाली जिल्ला अध्यक्ष ममता शाहले जानकारी दिइन ।
सस्थाले कोरोना रोकथाम का विभिन्न कार्यक्रम र विभिन्न सामाग्री बितरण गर्दै आयको छ । मास्क वितरण कायक्रमको निरन्तरता रहिरहने छ ।

