काठमाडौँ, १५ माघ । देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव जारी छ भने यतिबेला _शनिबार बिहान) पहाडी भेगमा मौसम आंशिक बदली रही तराईमा हुस्सुरकुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो ९भन्नाले बिहान १०र११ बजेदेखि साँझ ६ बजेसम्मको अवधि० प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
यस्तै राति (भन्नाले साँझ ६ बजेदेखि भोलि आइतबार बिहान ६ बजेसम्मको अवधि) देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ , प्रदेश १, बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन हुन अनुरोध छ।