सरस्वती साफरी
धनगढी, १४ माघ/कैलालीले धनगढीमा बालबालिका तथा युवाका मुद्यामा गम्भीर हुन सरकोकारवालाले सुझाव दिएका छन् । शुक्रबार धनगढीमा आयोजित अन्तरक्रया कार्यक्रम सो कुरा बताएका हुन् । स्थानिय योजना तर्जुमा प्रक्रिया बालबालिका र युवाको सहभागिता हुन आवश्यक हुनुपर्छ बारे अन्तरक्रिया कार्यक्रम सहभागिहरुले जोड दिए ।
बागेश्वरी असल शासन क्लब (बास नेपाल) विगत लामो वर्ष देखि बालबालिका सम्बन्धमा कार्यक्रम गर्दै आएको अहिले कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा बालबालिका हक हितका लागि बाल कार्यक्रम गर्दै आएको बासका कार्यक्रम निर्देशक हेम राज भट्टले जानकारी दिए ।बाल क्लबले राम्रो किसिमको काम गर्न नसकेको र बालबालिकाका लागि नगरपालिकाले बजेटहरु छुट्याउन नसकेको नगर बाल सञ्जालका अध्यक्ष लक्ष्मी जोशीले बताइन । सम्बन्धित निकायले भौतिक व्यवस्थापन देखि शिक्षाको गुणस्तरमा ध्यान दिनुपर्ने रहेको जोशीले बताइन ।
टोल र वडा स्तरमा हुने भेलाहरुमा बालबालिकालाई पनि सहभागि गराउनु पर्ने र बालबालिकाका आवश्यकतालाई मध्य नजर गर्दै कति उमेर समुहकालाई कस्ता किसिमका योजनाहरु दिदा उपयुक्त हुने बुझेर बालबापलकाको मनोबल राम्रो बनाउन ध्यान जानु पर्ने सामाजिक विकास शाखाका प्रमुख टंक विष्टले बताए ।
शिक्षका लागि प्रत्यक विधालयमा २ वर्ष देखि ५ कक्षामा खाजाको व्यवस्था गरेको छ । छात्रा विधार्थीको लागि सेन्टेरी प्याडको व्यवस्था गरेको र ८ कक्षा सम्मको विधार्थीलाई छात्रावृत्तीको समेत व्यवस्था गरेको युवा तथा शिक्षा शाखा अधिकृत अक्बर चन्दले बताए । २ वर्षमा कोभिडको कारण मात्र अतिरिक्त कियाकलाप हुन सकेको छैन भने अहिले सबै सरकारी विधालयमा इन्टरनेट, कम्युटरको व्यवस्था भएको चन्दले बताए ।
बालबालिकालाई शिक्षामा मात्र नभएर अन्य क्षेत्रमा पनि अगाडी बढाउनु पर्ने रहेको छ । बालबालिकालाई कसरी उत्साहित बनाउने उनिहरुले के चाहेका हुन भन्ने बारे पनि सबैले ध्यान दिन आवश्यक रहेको देखिने वडा नं ८ का वडा अध्यक्ष नारायणे बरालले बताए ।शिक्षाको स्तर विगतको समयमा भन्दा अहिले बलियो बन्दै गएको छ । बालबालिकाको पढाइको लागि अभिभावक, विधालय, समाजको महत्वपुण भुमिका हुने वडम नं १का अध्यक्ष सन्तोष मुडभरीले बताए । बालबालिकाका लागी सम्बन्धित निकायले गर्न सक्ने प्रयास जारी रहने मुडभरीले बताए ।
बालबालिकाको स्थिति कस्तो रहेको छ जान्नु आवश्यक छ । उनिहरुको विकासका लागि बजेटको व्यवस्था गर्नु मुल आधार रहेको धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामलाल क्षेष्ठले बताए । बालबालिकाको अवस्था के छ, कमजोर बालबालिकालाई कसरी अगाडी बढाउने भन्ने बारे बुझ्नु आवश्यक रहेका क्षेष्ठले बताए ।