धनगढी, १३ माघ । कैलालीको गोदावरी नगरपालिकाका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत गोदावरी नगरपालिका वडा नं ५ घर भएका ६२ बर्षीय पुरुषको मृत्यु भएको हो ।
यही माघ ११ गते कोरोना पुष्टि भएका उनको सेती अस्पतालको आईसीयूमा उपचार भैरहेको थियो ।उनको आज बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।