धनगढी, ९ माघ/कैलालीमा कोरोनाविरुद्धको खोप लगाएर घर हिँडेका एक पुरुषको बाटोमै मृत्यु भएको छ। जिल्लाको कैलारी गाउँपालिका ४ का ५३ वर्षीय पुरुषको मृत्यु भएको हो।
उनले आइतबार कैलाली गाउँपालिकाकै वडा स्वास्थ्य कार्यालयमा भेरोसेल खोपको दोस्रो मात्रा लगाएका थिए। खोप लगाएको आधा घण्टामै ती पुरुषको मृत्यु भएको बताइएको छ। तर उनको मृत्युको कारण भने खुलेको छैन।