सरस्वती साफरी
धनगढी, १ माघ/कैलालीको गोदावरी र बेहेडाबाबामा विहानै देखि भक्तजनहरुको घोइचो लागेको छ । कोरोना महामारीका कारण दुबै स्थानमा मेला स्थगित भए पनि बिहानैदेखि स्नान र दर्शन गर्नेको भीड लागेको हो ।गोदावरी धाममा विहानै देखि मकर सङ्क्रान्तिको दिन मेला लाग्छ । गोदावरी धाममा स्नान गर्दा पुण्य हुने विश्वासका साथ भक्तजनले माघ १ गते बिहानै घाटमा पुगेर नुहाउने गर्छन् ।
गोदावरी धाममा यस वर्ष मेला पनि मेला लाग्ने भनकोले भौतिक संरचना निर्माण गरिएको थियो । तर कोरोना माहामारीका कारण स्थगित गरिएको हो । मकर सङ्क्रान्तिको दिन सुरु हुने यो मेला माघ महिनासम्म लाग्ने गर्छ । पछिल्लो २ वर्ष देखि कोरोना महामामरीका कारण रोक लगाएको थियो । गोदावरी धाममा भक्तजनहरुको घुइचो यस वर्ष पनि रहेको छ ।
विहान थोरे मात्र सख्यामा मानिसहरु थिए पछि धेरै भएको र सबैलाई भौतिक दुरी बस्न माइक बाट आग्रह गरेको गोदाबरी धामका अध्यक्ष पदमराज जोशीले बताए । माइक बाट माक्स, सेनिटाइजर संगै अलग–अलग बस्न आगूह गरेको गोदाबरी धामका अध्यक्ष जोशी बताए । तर, पनि घुईचो नियन्त्रण गर्न सकिएन जोशीले बताए ।
मेला लाग्ने समयमा कोरोना भाइरसको तेस्रो लहर तीव्ररुपमा बढेपछि जिल्ला कोभिड व्यवस्थापन समिति बैठकले जिल्लामा मेला, महोत्सव स्थगित गर्न आयोजकलाई निर्देशन दिएको थियो ।
उता धनगढी १६ बेहेडाबाबा मन्दीरमा पनि घुईचो लागेको छ । कोभिडका कारण मेला बन्द गर्ने भने पनि चौधरी समुदायको नया वर्षको रुपमा माघी बनाउने गरेको हुन्छ त्यसलाई रोक्न प्रयास गरे पनि समुदायका भक्तजनहरुले मन्दिर खोल्न अटेर गरेकोले विहान खोलेको धनगढी उपमहानगरपालिका वडा न १६ बेहडा बाबा मंन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदम राज जोशीले बताए । मेलामा सबैलाई माक्स, सेनिटाइजर लगाएर मन्दिर भित्र प्रबेश गराएको अध्यक्ष जोशीले बताए ।