धनगढी,३० पुस । कैलालीको गोदावरीमा माघ महिनामा स्नान गर्ने भक्तजनहरुका लागी स्नान कुण्ड सहित अन्य धार्मिक संरचनाहरु बनाइएको छ । यस्तै गोदावरी क्षेत्रमा रङरोगन र सरसफाई पनि गरिएको छ ।

हरेक ६ बर्षमा लाग्ने अर्ध कुम्भ मेला भने यो बर्ष कोरोना माहामारीको कारण स्थगित गरिएको छ । माघको पहिलो दिन अर्थात भोली गोदावरीमा कैलाली कन्चनपुर सहित पहाडी जिल्लाहरुबाट ठुलो सँख्यामा श्रद्धालुहरु गोदावरीमा आउने गर्दछन ।

माघीकै अबसरमा यँहा किनमेल गर्ने बजार पनि लागेको छ । आज रातभर गोदावरीमा जाग्राम बसेर भोली बिहान स्नान गर्ने प्रचलन रही आएको छ । अहिले पनि गोदावरीमा श्रद्धालुहरुको चहलपहल बढेको गोदावरी धाम बिकास समितीका सदस्य लक्ष्मण ऎरले जानकारी दिए ।

अर्ध कुम्भ मेला स्थगित गरिएपनी उक्त अबधीमा गंगा पूजन ,कलश पूजन पंचाङ पुराण परायण ,लक्ष्य हवन लगाएतका धार्मिक कार्यहरु भने सरकारले तोकेको मापदण्ड अनुसार नै गरिने समितीले जनाएको छ ।


