धनगढी,२८ पुस । कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै कैलाली प्रशासनले स्मार्ट लकडाउन सहित कडाइ गर्ने भएको छ ।
बुधबार एक सुचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीले आज राती १२ बजेदेखि अनिश्चितकालका लागि लागु हुने गरि बिभिन्न निर्णय गरेको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।
कोरोनाको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को सिफारिस एवं गृहमन्त्रालयको निर्णय, सङ्क्रामक रोग नियन्त्रण ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ले दिएको अधिकार प्रयोग गरी उक्त आदेश जारी गरिएको प्रशासनले जनाएको छ ।