कैलाली, २८ पुस । कैलालीमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ। जिल्लाको मोहन्याल गाउँपालिका–२ का ५२ वर्षीय बलासिंह घर्ती मगरको भिरबाट लडेर मृत्यु भएको हो। बुधबार बिहान घर नजिकै रहेको जंगलमा बाख्रा चराउन गएका उनको भिरबाट लडेर मृत्यु भएको हो । भिरबाट लडेर २ सय मिटर तल उनको शव फेला परेको बताईएको छ ।
कैलालीमा भिरबाट लडेर एकजनाको मृत्यु
कैलालीमा भिरबाट लडेर एकजनाको मृत्यु