धनगढी, २७ पुस/नेपाली कांग्रेसका युवा नेता तपेन्द्र भुषालले ‘छोरीका लागि छोरी’ संस्था नेपाललाई न्यानो कपडा र स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।
जन्म दिनमा फजुल खर्च गर्नु भन्दा त्यसलाई सही सदूपयोग गर्न प्रत्येक वर्ष दुःखी, गरिबलाई सहयोग गरिरहेका धनगढी उपमहानगरपालिका–१, शान्तिनगर घर भएका भुषालले यस वर्ष पनि न्यायो कपडा र स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । मंगलबार एक कार्यक्रमबीच अभियानको अत्तरियामा रहेको सम्पर्क कार्यालयमा पुगेरै भुषालले महिलाका लागि न्यानो लुगा र स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
कांग्रेस नेता तथा सामाजिक अभियन्ता भुषालले जन्म दिनको अवसरमा ‘छोरीका लागि छोरी’ संस्था नेपाललाई न्यानो कपडा र स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । ‘जन्म दिनको अवसरमा भोज खुवाउनुभन्दा पनि सो रकमबाट असहायलाई सहयोग गर्दा आनन्द आउँछ,’ नेता भुषालले भने । उनले ‘छोरीका लागि छोरी’ संस्था नेपालको कैलाली संयोजक योशोदा भट्टलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । सामग्री बुझ्दै जन्म दिनका क्रममा यसरी न्यानो कपडा र स्वास्थ्य सामग्री बुझाएकोमा संयोजक भट्टले धन्यवाद समेत व्यक्त गरेकी थिइन् ।
हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका सदस्य उत्तम कठायत, महाधिवेशन प्रतिनिधि वीरेन्द्र भट्ट र अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटाको समेत उपस्थिति रहेको थियो ।