धनगढी, २७ पुस/तरुण दल डोटीका नेता केशबहादुर बमले व्यक्तीगत खर्चमा बाटो सरफाई तथा मर्मत गरेका छन् । बन्द अबस्थामा रहेका डोटी बडिकेदारको वडा नम्बर २ नम्बर क्षेत्रका तिन वटा सडकहरु भागरथी निर्माण सेवाका संचालक समेत रहेका वमले मर्मत गरेका हुन् । बर्षातले बन्द रहेको बर्छेन डाडा देखी बर्छेन गाँउ सम्मको सडक, जुगेपानी बरौ कृषि सडक र बर्छेन पुड्केपानी कृषि सडकको १० किलोमिटर सडक आफ्नै मेसिन प्रयोग गरी सरसफाई तथा मर्मत गरेका हुन् ।
त्यहाका स्थानीय बासिन्दाले पटक–पटक स्थानिय पालिकालाई अनुरोध गर्दा पनि सडक मर्मतका लागि अहिले सम्म मर्मत नभएको स्थानीय नरबहादुर साँउदले बताए । सडक मर्मत नभएपछि ति सडकहरु पुर्ण रुपमा बन्द रहेका थिए । सडक बन्द हुदा स्थानीयका अदुवा, सुन्तला तथा कृषिजन्य सामाग्रीहरु गाँउमै थन्केका थिए ।
स्थानीयको कृषी उत्पादन गाउमै थन्किएको देखेर सडक मर्मत गरेको डोटीका तरुण दल नेता केशब बमले बताए । ‘आफुले आम्दानी गरेको रकम केही सामाजिक कार्यमा पनि लगानी गरौ भन्ने उदेश्यले हो’ बमले भने –‘भ्याय सम्म आम्दानीको रकम सबैले केही सहयोग गरे गाँउ समाज बिकस गर्न सरकारको मुख हेर्नुपर्दैन ।’ नेता बमले केही दिन अघिपनि स्थानीयहरुलाई न्यानो लुगा बितरण गरेका थिए ।
अहिले सडक मर्मत संगै ग्रामीण कृषि सडक संचालनमा आएका छन् । कृषि सडक संचालन संगै अहिले कृषी सामाग्री ढुवानीमा सहजता भएको स्थानीय साउदको भनाई छ ।