पुनर्वास, २७ पुस । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा रहेको साईन नेपाल नामक संस्थाले निःशुल्क कम्प्युटर कोर्ष शुरु गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गर्दै संस्थाको केयर एण्ड रिलिफ परियोजना अन्तर्गत निःशुल्क ६ महिने कम्प्युटर कोर्षको आयोजना गरेको हो ।
धनगढी उपमहानगर पालिकाको सिफारिसमा संस्थाले १ सय १४ जनालाई निःशुल्क कम्प्युटर कोर्षमा सहभागी गराएको संस्थाका अध्यक्ष भक्तराज जोशीले जानकारी दिए । उनले प्रत्येक वर्ष संस्थाले कम्प्युटर तालिमको आयोजना गर्दै आएको बताए ।