• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

बैतडीका सीमामा खटिएका प्रहरीलाई टेलिफोन र बाटोको समस्या

बैतडी,२६ पुस । सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बललाई टेलिफोन र बाटोघाटोको समस्या भएको छ। भारतसँग सीमा जोडिएका बैतडीका विभिन्न स्थानमा सशस्त्र प्रहरीले सीमा निगरानी चौकी ९बिओपी० स्थापना गरी सुरक्षा दिइरहेको छ। झुलाघाट, रोलघाट र कुस्मौतघाटमा सशस्त्र प्रहरीका सीमा निगरानी चौकी ९बिओपी० स्थापना गरिएका छन्। ती बिओपीमा खटिएको सशस्त्र प्रहरीलाई सधैँ टेलिफोन र बाटोघाटोको समस्या रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म बैतडीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक गणेशबहादुर शाहले जानकारी दिए।

तीनवटा बिओपीले भारतसँगको सबै सीमा क्षेत्रको सुरक्षा दिइरहेको छ। “उक्त क्षेत्रमा नेपाल टेलिकमको नेटवर्कले काम गर्दैन्, भारतीय सिम प्रयोग गर्नुपर्ने बाध्यता छ”, उनले भने, “रातदिन सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीलाई बाटोघाटोको समेत समस्या छ, सबैक्षेत्रमा बाटोघाटोको व्यवस्था छैन, जोखिम मोलेर गस्ती गर्नुपर्छ। भरपर्दो टेलिफोन र बाटोघाटो नहुँदा चाहेअनुसारको सुरक्षा दिन केही कठिनाई हुने गरेको छ। भनेको बेला फोन नै लाग्दैन।” उक्त क्षेत्रमा टेलिफोन समस्या रहेकोबारे टेलिकम कार्यालयलाई जानकारी गराइसकेको जनाइएको छ। यता टेलिकम कार्यालयका प्रमुख विक्रम टमटाले सीमा क्षेत्रको टेलिफोन समस्या समाधानका लागि पहल भइरहेको बताए। उनले भने, “टेलिफोनको समस्या रहेका ती क्षेत्रमा टावर थपिने र यसबारे माथिल्लो निकायलाई जानकारी गराइसकेका छौं।”

बैतडीमा भारतसँग ६१ किलोमिटर सीमा क्षेत्र जोडिएको छ। उक्त क्षेत्रमा हाल तीन ठाउँमा बिओपी स्थापना भएको र उनीहरुलाई सबैक्षेत्रमा परिचालन गर्ने गरिएको छ। सदरमुकामस्थित गढीमा गुल्म स्थापना भएपछि सीमाक्षेत्रमा बिओपी स्थापना गरेर सशस्त्र प्रहरीले आफ्नो उपस्थिति बढाएको हो। गुल्ममा हाल सशस्त्र प्रहरी नायब उपरीक्षक नेतृत्वमा १६० र बिओपीमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाको टोली रहेको छ।

बैतडीः सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बललाई टेलिफोन र बाटोघाटोको समस्या भएको छ। भारतसँग सीमा जोडिएका बैतडीका विभिन्न स्थानमा सशस्त्र प्रहरीले सीमा निगरानी चौकी ९बिओपी० स्थापना गरी सुरक्षा दिइरहेको छ। झुलाघाट, रोलघाट र कुस्मौतघाटमा सशस्त्र प्रहरीका सीमा निगरानी चौकी ९बिओपी० स्थापना गरिएका छन्। ती बिओपीमा खटिएको सशस्त्र प्रहरीलाई सधैँ टेलिफोन र बाटोघाटोको समस्या रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म बैतडीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक गणेशबहादुर शाहले जानकारी दिए।

तीनवटा बिओपीले भारतसँगको सबै सीमा क्षेत्रको सुरक्षा दिइरहेको छ। “उक्त क्षेत्रमा नेपाल टेलिकमको नेटवर्कले काम गर्दैन्, भारतीय सिम प्रयोग गर्नुपर्ने बाध्यता छ”, उनले भने, “रातदिन सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीलाई बाटोघाटोको समेत समस्या छ, सबैक्षेत्रमा बाटोघाटोको व्यवस्था छैन, जोखिम मोलेर गस्ती गर्नुपर्छ। भरपर्दो टेलिफोन र बाटोघाटो नहुँदा चाहेअनुसारको सुरक्षा दिन केही कठिनाई हुने गरेको छ। भनेको बेला फोन नै लाग्दैन।” उक्त क्षेत्रमा टेलिफोन समस्या रहेकोबारे टेलिकम कार्यालयलाई जानकारी गराइसकेको जनाइएको छ। यता टेलिकम कार्यालयका प्रमुख विक्रम टमटाले सीमा क्षेत्रको टेलिफोन समस्या समाधानका लागि पहल भइरहेको बताए। उनले भने, “टेलिफोनको समस्या रहेका ती क्षेत्रमा टावर थपिने र यसबारे माथिल्लो निकायलाई जानकारी गराइसकेका छौं।”

बैतडीमा भारतसँग ६१ किलोमिटर सीमा क्षेत्र जोडिएको छ। उक्त क्षेत्रमा हाल तीन ठाउँमा बिओपी स्थापना भएको र उनीहरुलाई सबैक्षेत्रमा परिचालन गर्ने गरिएको छ। सदरमुकामस्थित गढीमा गुल्म स्थापना भएपछि सीमाक्षेत्रमा बिओपी स्थापना गरेर सशस्त्र प्रहरीले आफ्नो उपस्थिति बढाएको हो। गुल्ममा हाल सशस्त्र प्रहरी नायब उपरीक्षक नेतृत्वमा १६० र बिओपीमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाको टोली रहेको छ।

सोमबार, पुष २६, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

Recent Posts

  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.