धनगढी, २६ पुस । सुनको मूल्यमा गिरावट आएको छ। आइतबारको तुलनामा आज अर्थात् सोमबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ घटेको हो। आइतबार छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज ९१ हजार ३ सय रुपैयाँमा कायम भएको हो। तेजावी सुनको मूल्य भने आज ९० हजार ८ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्यमा समेत गिरावट आएको छ। आइतबार १ हजार २ सय २५ रुपैयाँमा कारोबार भएकोमा आज १ हजार २ सय २० रुपैयाँ कायम भएको छ।