धनगढी ,२४ पुष । फुलवारि जेसिजको ७औं पदस्थापना तथा पुरस्कार वितरण समारोह शनिबार फुलबारीमा सम्पन्न भएको छ ।फुलवारी जेसिज वर्ष २०२१ का अध्यक्ष दिवाकर सिंह ठेकरेको अध्यक्षतामा संचालन भएको औपचारिक कार्यक्रममा धनगढी उपमहानगरपालिका वार्ड नंबर १८ का अध्यक्ष मुरारी अधिकारी प्रमुख अतिथि थिए भने विशिष्ट अतिथिमा मातृशाखा धनगढी जेसिज वर्ष २०२२ का अध्यक्ष भुवन पाण्डे थिए ।
यसअघि पुष १४ गते फुलवारी जेसिजको सातौं महाधिवेशनले फुलवारी जेसिज बर्ष २०२२ का लागि अध्यक्षमा विष्णु ओझालाई सर्वसम्मत रुपमा चयन गरेको थियो । भने बाकी रहेका विभिन्न पदमा शनिबारको पदस्थापना समारोहले वर्ष २०२२ का लागि पदाधिकारी चयन गरेको छ ।
फुलवारी जेसिज बर्ष २०२२ का लागि कार्यकारी उपाध्यक्ष पदमा मनोज चौधरी र विजय नेपाली लाई चयन गरेको छ । उपाध्यक्ष पदमा दिपेश ओझा, अम्मर राज गिरी, याम लामिछाने र चन्द्रा घर्ती लाई चयन गरेको छ । त्यसैगरी नवनियुक्त अध्यक्ष विष्णु ओझाले वर्ष २०२२ का लागि कानुनी सल्लाहकारमा जगदीश घर्ती, महासचिवमा रामचन्द्र कार्की र कोषाध्यक्षमा कामदेव ओझा लाई मनोनीत गरेका छन ।