• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

कञ्चनपुरमा उखु खेतीमा आधुनिक प्रविधि प्रयोग गरी मनग्य आम्दानी

कञ्चनपुर, २४ पुस । उखु खेतीमा आधुनिक प्रविधि प्रयोग गरी बेलौरी नगरपालिकाको हात्तीबोझाका किसान असारेराम वडायकले मनग्य आम्दानी गर्दै आएका छन्। विगत पाँच वर्षदेखि निरन्तर उखुको उत्पादनमा लागेका उनले वार्षिक रु २४ लाख आम्दानी गर्दै आएका हुन्। “प्रविधिको प्रयोगमा जोड दिइएपछि प्रतिवर्ष रु दुई लाखदेखि रु तीन लाखका दरले आम्दानी बढदै गएको छ” वडायकले भने, “इन्टरनेटको माध्यमबाट विश्वमा उखु खेतीका लागि भएका नौला प्रयोगबारे अध्ययन गरी उखु खेतीलाई अगाडि बढाउँदै आएको छु।”

छ बिघा जग्गामा प्रतिबिघा दुई हजार क्वीन्टलका दरले उखु उत्पादन गर्दै आएका उनले भारतको महाराष्ट्रका उखु उत्पादक किसानले सामाजिक सञ्जाल फेसवुकमा बनाएको समूहमा समेत जोडिएका छन्। उखु उत्पादनका लागि भारतीय किसानले जुन विधि अपनाउछन् त्यही विधि यहाँ लागु गर्दै आएको वडायकले बताए। “उखु रोप्नका लागि बेर्ना प्रविधि (सिंगल वर्ड) अपनाएको छु” उनले भने, “परम्परागत तरिकाले उखु रोप्दा ८० क्वीन्टल बढी बीउ लाग्ने ठाउमा बेर्ना प्रविधि अपनाउदा १० कुण्टल बीउ मात्रै लाग्ने गरेको छ।” वडायकले उखु रोप्नका लागि ट्रयाक्टरमार्फत ट्रेन्च बनाई घरमै तयार गरिएको उखुको बेर्ना उपकरणकोे सहायताले रोप्नाका साथै गोडमेल, पात काटने, सिँचाई गर्ने, मल राख्ने बिषादी छर्कने कार्यसमेत गर्दै आएका छन्।

भारतबाट ल्याइएका बढी उत्पादन दिने विभिन्न जातका उखुको बीउको प्रयोग गर्दै आएका उनले पुराना उखुका जातको तुलनामा भारतीय वैज्ञानिकले तयार गरेका उखुका जात बढी अग्लो हुने र तौल समेत बढी हुनाका साथै आम्दानीसमेत त्यही अनुसारको हुने गरेको बताए। “यस वर्ष उखुको उत्पादन राम्रो रहेकाले उत्पादन गत वर्षको तुलनामा दोव्वरले बढी हुन्छ। आम्दानीसमेत त्यही अनुरुप हुन्छ,” वडायकले भने,‘उखु उत्पादनमा लागेका किसानलाई सरकाले अनुदान र विश्वमा भैरहेका उखु खेती सम्बन्धी नयाँ तरिकाहरु सिकाउन जरुरी छ। नयाँ प्रविधि किसानलाई सिकाएर उत्पादन बढाउन सकेमात्रै उखुमा आत्मनिर्भर बन्न सक्छौं।”

किसानले आधा उखु मिलमा बेचेपछि मात्रै मूल्य निर्धारण गर्नाले किसानलाई नभएर चिनी मिललाई फाइदा पुग्ने उनको भनाइ थियो। वडायक जिल्लाकै सफल उखु किसानका रुपमा परिचित छन्।
रासस

शनिबार, पुष २४, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.