धनगढी, २३ पुस/बढी संक्रमण भएका ठाउँका विद्यालय बन्द गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयले कोरोना संक्रमण बढीजसो फैलिएका ठाउँका विद्यालय बन्द गरी भर्चुअल माध्यमबाट पठनपाठन थाल्न आग्रह गरेको हो।
पछिल्लो समय कोभिड–१९ संक्रमण बढ्दै गएपछि मन्त्रालयले विद्यालयमा भिडभाड बढी हुने भएकाले बन्द गर्न आग्रह गरेको मन्त्रालयका प्रवक्ता डा। संगीता कौशल मिश्रले बताइन्। उच्च जोखिम भएका ठाउँमा बन्द गर्नुपर्ने उनले बताइन्। उनले भनिन्,‘केही दिनदेखि कोभिड बिरामी बढेका छन्,त्यसैले जोखिम भएका ठाउँमा स्मार्ट लकडाउनको अवधारणामा स्थानीय तहले विद्यालय बन्द गर्नुपर्छ,यही हाम्रो आग्रह हो।’
पछिल्लो समय नेपाल पुनः कोरोना संक्रमण दर ह्वात्तै बढेको छ। हिजो बिहीबारको तुलनामा शुक्रबार झण्डै दोब्बर मानिसमा संक्रमण पुष्टि भएको छ।