धनगढी, २३ पुस । तुलसीपुर उपमहानगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयहरु माघ ३ गतेसम्मका लागि पूर्ण रुपमा पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। विद्यालयका शिक्षक र विद्यार्थीहरुमा कोरोना संक्रमण दर फैलिएपछि शुक्रबार तुलसीपुर उपमहानगरपालिकाको आकस्मिक बैठक बसी यस्तो निर्णय गरेको हो।
सामुदायिक विद्यालयमा कोरोना संक्रमणको दर तीव्र रुपमा बढेपछि पठनपाठन बन्द गरिएको उपमहानगरपालिकाले जनाएको छ। मंगलबार र बिहिबार गरीएको परिक्षणमा तुलसीपुर क्षेत्रका सामुदायिक र संस्थागत विद्यालय गरी ५ वटा विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि आउने आइतबारदेखी ८३ वटा सामुदायिक र ६८ वटा संस्थागत विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय भएको उपमहानगरपालिकाले जनाएको छ।
बैठक शिक्षा समितिको संयोजक कुमार लामीछानेको अध्यक्षतामा बसेको बैठकमा जनस्वास्थ्य प्रर्वद्धन शाखा प्रमुख ओमपी न्यौपाने, वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक नवराज लामीछाने, शिक्षा समितिका सदस्य श्याम डाँगी र विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो।