• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

हावाबाट निकालिएको विद्युत् बन्द हुँदा गाउँ नै अँध्यारोमा

नवलपुर, २२ पुस । एक दशक अगाडि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा हावाबाट निकालिएको बिजुली अहिले बन्द भएको छ । हावाबाट पङ्खालाई घुमाएर टर्वाइनको माध्यमले ब्याट्री चार्ज भई बिजुली निकालिँदै आएकामा टर्वाइनमा समस्या देखिएपछि सिङ्गो गाउँ नै अँध्यारो भएको छ ।

जिल्लाको हुप्सेकोट गाउँपालिका–५ रुद्रपुरको धौवादी डाँडामा हावाबाट बिजुली निकालेर गाउँलाई उज्यालो बनाइएको थियो । एउटा टर्वाइनमा देखिएको समस्याले गाउँवासीले नै निकै समस्या भोग्नुपरेको स्थानीयवासी गमबहादुर रानामगरको गुनासो छ । टर्वाइनको समस्याले विद्युत् आपूर्ति नभएपछि सबैभन्दा बढी मारमा विद्यार्थी परेका मगरले बताए ।

भएका स्रोतको सदुपयोगसहित उचित व्यवस्थापन गर्न नसक्दा स्थानीय अँध्यारोमा बस्न बाध्य भएका हुन् । उक्त परियोजनाको मर्मत सम्भारका लागि प्रदेश सरकारबाट सहयोग हुने र आफूहरु पनि मर्मत सम्भारका लागि छलफलमा जुटिरहेको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताए । धौवादीको डाँडास्थित रुद्रपुरमा विसं २०६८ मा एसियाली विकास बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा हावाबाट बिजुली निकालिएको थियो ।

दुई करोड रुपैयाँ बढीको लागतमा सञ्चालित परियोजनाबाट हावाका माध्यमले १० किलोवाट विद्युत् तथा सौर्य ऊर्जाबाट दुई किलोवाट विद्युत् गरी सो स्थानमा १२ किलोवाट विद्युत् उत्पादन गरिएको थियो । संरचनाको उचित मर्मतसम्भार नगर्दा अहिले भने हावाबाट निकालिएको बिजुली बन्द भएको छ । हावाबाट बिजुली सञ्चालन हुँदा सो क्षेत्रमा उज्यालोका साथै पर्यटकीय केन्द्रका रुपमा समेत विकास भएको थियो ।

स्थानीवासीका अनुसार हावाबाट बिजुली निकाल्नका लागि टर्वाइनमा जडान गरिएको पङ्खा हावाको वेगले घुम्दा थप आकर्षक देखिन्थ्यो । यहाँ फोटो खिच्न तथा हावाबाट निकालिएको बिजुली अवलोकनका लागि आन्तरिक पर्यटकको बाक्लै उपस्थिति हुने गरेको थियो । रुद्रपुरका मीनबहादुर राना मगरले हावाबाट बिजुली उत्पादन गराएर यसलाई थप आकर्षित बनाउन सके पर्यटकको आगमनमा वृद्धि हुने बताए ।

परियोजना सञ्चालन भएपछि केही वर्ष उक्त स्थानमा क्षमताअनुसारको विद्युत् उत्पादन भएकाले यहाँका बासिन्दाले चौबीसैँ घण्टा विद्युत्को प्रयोग गर्न पाएका थिए । धौवादी डाँडामा हावाबाट उत्पादन भएको विद्युत्का कारण रुद्रपुरमा रहेको इलाका प्रहरी कार्यालय र स्थानीय ४२ घरधुरी लाभान्वित भएका थिए । हावाबाट विद्युत् उत्पादन हुँदा टेलिभिजन हेर्न, रेडियो सुन्न तथा मोबाइल चार्ज मिल्ने गरेको भए पनि अहिले स्थानीयवासी यी सुविधा उपभोग गर्नबाट बञ्चित भएका छन् ।
रासस

बिहिबार, पुष २२, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.