धनगढी १७ पुस/ नेपाल निजामती कर्मचारी युनियन कैलालीकाे अध्यक्षमा पुन खेमराज जाेशी निर्वाचित भएका छन ।
शुक्रबारदेखि शुरू भएकाे नाैऔं महाधिवसनले शनिबार जाेशीकाे अध्यक्षतामा नया कार्यसमिति गठन गरेकाे हाे ।
जसकाे वरिष्ठ उपाध्यक्षमा प्रकाश भट्ट, महिला उपाध्यक्षमा रेखा जाेशी, समावेशी उपाध्यक्षमा राधाकृष्ण चाैधरी, सचिवमा निर्मल देउवा, काेषाध्यक्षमा पूर्णान्नद भट्ट र सह-सचिवमा लाेकराज दाहाल सर्वसम्मत चयन भएका हुन ।
यस्तै सदस्यमा झपिराज ओझा,माेहनदेव भट्ट, मेवालाल चाैधरी, ऐनबहादुर सिंह, महिला सदस्यमा कुन्ता भण्डारी र भागरथी ओझा चयन भएका छन ।
समावेशी सदस्यमा जयराज जाेशी र प्रकाश विक चयन भएका छन भने मनाेनित सदस्यमा गाेपाल राेकाया र पार्वती चाैधरी रहेका छन । यस्तै जीवराज पण्डित, शिवराज ओझा, त्रयलाेक जाेशी, सुरेश राेकाया र नारद प्रसाद भट्ट महाधिवेशन प्रतिनिधिमा चयन भएका छन ।