• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

सुदूरपश्चिम प्रदेशमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै

धनगढी, असोज २ ।
सुदूरपश्चिम प्रदेशमा स्क्रब टाइफसबाट दुई जनाको ज्यान गएको छ । बझाङको वित्थडचिरका २३ बर्सिया सरस्वती सिंह र कैलालीको गेटाका १५ वर्षीय भरत खातीको स्क्रब टाइफसबाट ज्यान गएको सामाजिक विकास मत्रालयका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र कार्की जानकारी दिए ।
हाल सम्म सुदूरपश्चिम प्रदेशमा १ सय ३८ जनामा स्क्रव टाईफसको सङ्क्रमण देखिएको उनले बताए । स्क्रब टाइफसबाट प्रभावितहरू बढिरहेका छन् उनले भने हामी नियन्त्रणमा लागि रहेका छौँ ।
मुसामा पाइने किर्ना जातको किराको टोकाइबाट मानिस सर्ने स्क्रब टाईफसका बिरामीमा कडा खाले ज्वरो आउने, मांसपेशी दुख्ने, टाउको दुख्ने लगायतका लक्षण देखिने स्वास्थ्यकर्मीको भनाई छ ।
बिहीबार साँझ सम्म १ सय ३८ जनामा स्क्रव टाईफसको सङ्क्रमण देखिएको मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले बताए । स्क्रब टाइफसबाट सबै भन्दा बढी प्रभावित डडेल्धुरा रहेको छ। डडेल्धुरामा ५२ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ। कैलालीमा ४२ जना, बैतडीमा २२ जना, डोटीमा छ जना, कञ्चनपुरमा नौ जना, बझाङमा पाँच जना र दार्चुलामा दार्चुलामा दुईजनामा स्क्रब टाइफस देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

यस्ता देखिन्छन् लक्षण
स्क्रब टाइफस भएका मानिसहरूमा धेरै जरो आउने १०४ डिग्री भन्दा बढी र काम जरो समेत आउन सक्दछ। धेरै टाउको दुख्ने, पसिना धेरै आउने, आँखा रातो हुने, झाडापखाला लाग्ने, बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छोड्ने, समयै उपचार नभएका कडा खालको श्वासप्रश्वास समस्या जस्तै दम बढ्नु सास फेर्न गाह्रो भई बिरामी सिकिस्तसमेत हुन सक्छ। किराले टोकेको ठाउँमा रातो डाबर जस्तो देखिन सक्छ । टोकेको ठाउँमा पछि गएर कालो दाग बस्न सक्छ।
यसबाट बच्ने उपाय
खेतीवारिमा काम गर्दा, वनजगंल झाडीमा जाँदा तथा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने सम्भव भए बुट लगाउने, बाँसबारी वा चौर मा बस्दा गुद्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुईँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, सकेसम्म घारवासी र चौरमा नबस्ने, चउर, बारी, घाँस तथा घुरान बढ्न नदिने, मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्ने।
डेंगुका ५३ सङ्क्रमित फेला
सुदूरपश्चिम प्रदेशका १ सय ३८ जनामा स्क्रव टाईफसको सङ्क्रमण देखिएका छ भने ५३ जनामा डेंगुको सङ्क्रमण फेला परेको छ । डेंगुका बिरामी सबैभन्दा बढी कैलालीमा देखिएका छन्। कैलालीमा २५जना, बैतडीमा दुई जना , डोटीमा दुई जना, कञ्चनपुरमा नौ जना, बझाङमा एक जना र दार्चुलामा नौजनामा डेग देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रदेशका बाजुराबाहेक सबै जिल्लामा डेंगुका बिरामी फेला परेका छन्। सामाजिक विकास मत्रालयका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र कार्कीले प्रदेशका डंगु नियन्त्रणमा लागि थुप्रै काम भइरहेको बताए । ‘मन्त्रालयको स्वास्थ्य शाखाले जनचेतना मूलक थुप्रै काम गरिरहेको छ’ उनले भने ‘यसै कारणले रोगको नियन्त्रण भइरहेको छ ।’
डेङ्गुबाट दिपायल सिलगढी नगरपालिका – ६ थाप्लाकी ४२ बर्सिया छत्र मलासीको मृत्यु भएको थियो ।
के हो डेंगु 
डेग एक प्रकारको ज्वरो हो। यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो। डेंगुको भाइरसद्वारा सङ्क्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ। यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा बढी पाइने गर्दछ। यसले स–साना सफा पानी जमेको स्थानमा फुल पार्ने गर्दछ। खास गरी वर्षाको पानी जम्ने टीनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका ट्याङ्की आदिमा यसले फुल पार्दछ।
औलो उत्पन्न गर्ने लामखुट्टे फोहोर पानीमा पाइने भए पनि डेग सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ। डेग रोग क्लासिक डेग, हेमोरेजिक र साक सिन्ड्रोमगरी तीन प्रकारका छन्। क्लासिक डेग सामान्य प्रकारको डेग हो। यो आफै निको हुन्छ, मृत्युको सम्भावना कम हुन्छ। तर यदि कुनै व्यक्तिलाई डेग हेमोरेजिक ज्वरो वा डेग साक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्यु हुन सक्छ।
यस्ता देखिन्छन् लक्षण
डेग ज्वरोको मुख्य लक्षण भनेको एक्कासि उच्च ज्वरो आउनु हो। यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ। ज्वरोका साथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेशीहरू दुख्ने,शरीरमा विमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखा पर्ने, बेहोस हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ।
यसबाट यसरी बच्न सकिन्छ
डेग ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नु पर्छ। पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुल दान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने,पानीको ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्नुपर्छ।
कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने, यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ।
सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छ, साथै साना केटा केटीलार्य जुनसुकै समयमा पनि झुलभित्र सुताउनु पर्दछ। लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलहम दल्न पनि सकिन्छ। घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ।

बिहिबार, असोज ०२, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

Recent Posts

  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.