• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्षमा सञ्जय चौधरीको उम्मेदवारी

धनगढी, १४ पुस । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको केन्द्रीय अध्यक्षमा चौधरी बुक डिपो धनगढीका सञ्चालक सञ्जय चौधरीले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय सल्लाहकार चौधरीले पुष २८ र २९ गते चितवनको सौराहामा आयोजना हुन लागेको महासंघको छैठौ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनलाई नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको सुदूर पश्चिम प्रदेश समिति र नौ वटै जिल्लाका अध्यक्षहरुले समर्थन गरेका छन् ।

महासंघका सुदूर पश्चिम प्रदेश अध्यक्ष मेखराज दाहाल, कैलाली अध्यक्ष तेज प्रताप मल्ल, कञ्चनपुर अध्यक्ष धर्मानन्द डीएन भट्ट, डडेल्धुरा अध्यक्ष तिर्थराज जोशी, डोटी अध्यक्ष खडक बिक्रम शाही, अछाम अध्यक्ष कृष्ण कुवँर, बाजुरा अध्यक्ष नृप बहादुर खाती, बझाङ अध्यक्ष दीपकराम जोशी, बैतडी अध्यक्ष जयराज भट्ट र दार्चुला अध्यक्ष राजेन्द्र प्रसाद बडुले चौधरीलाई महासंघको केन्द्रीय अध्यक्ष पदमा समर्थन गर्ने निर्णय गरेका हुन् ।

चौधरी नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको सुदूर पश्चिम क्षेत्रीय समिति र नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कैलाली जिल्लाका संस्थापक अध्यक्ष हुन् । उनले महासंघको केन्द्रीय समितिमा प्रथम उपाध्यक्ष र सल्लाहकारका रुपमा भूमिका निर्बाह गरिसकेका छन् । चौधरी ६० वर्षअघि धनगढीमा स्थापित चौधरी बुक डिपोका सञ्चालक हुन् ।

चौधरीले आफू निर्बाचित भएमा महासंघको भवन र सचिवालय स्थापना गर्ने, पुस्तक, मसलन्द तथा स्टेशनरीको अन्तर्राष्ट्रिय प्रदर्शनी गर्ने, पुस्तक प्रकाशक, उत्पादक, वितरक र खुद्रा व्यवसायीहरुका बीचमा सौहाद्र्ध सम्बन्ध स्थापना गर्ने बताए ।

उनले अन्तर्राष्ट्रिय स्तरमा महासंघको भगिनी सम्बन्ध स्थापित गरी महासंघलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रतिबद्धता गरे ।

चौधरीले एसिया, युरोप लगायत अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने शैक्षिक मेला, महोत्सव र प्रदर्शनीमा हरेक प्रदेशबाट कम्तिमा २० जनाका दरले महासंघका पदाधिकारी, सदस्य तथा व्यवसायीहरुलाई सहभागी गराउने योजना बनाएका छन् ।

चौधरीको संयोजकत्वमा २०६७ सालमा सुदूरपश्चिम प्रदेशको धनगढीमा राष्ट्रिय स्तरको शैक्षिक तथा पुस्तक प्रदर्शनी आयोजना भएको थियो । उनको नेतृत्वमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कैलाली देशकै उत्कृष्ट शाखाका रुपमा सम्मानित भएको थियो ।

 

बुधबार, पुष १४, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.