काठमाडौं, १४ पुस । वर्षाका कारण चालक अनुमतिपत्रको ट्रायल परीक्षा स्थगित भएको छ। ठूलो भर्याङस्थित यातायात व्यवस्था कार्यालय‚ सवारी चालक अनुमतिपत्रले एक सूचना जारी गरी आज हुने ट्रायल परीक्षा स्थगित गरिएको जनाएको छ।
प्रतिकूल मौसमका कारण परीक्षा स्थगित गरेको कार्यालयले जनाएको छ। सूचनाअनुसार वर्ग जी‚ ए‚ के को ट्रायल परीक्षा स्थगित गरिएको छ।
आज हुने भनिएको वर्ग ए र के को परीक्षा पुष १९ गते र वर्ग जी को ट्रायल परीक्षा पुस २१ गते हुने कार्यालयले जनाएको छ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर वर्षा र हिमपात भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनसम्म मौसम बदली भई वर्षा र हिमपातको सम्भावना रहेको छ।