धनगढी, ८ जेठ– धनगढीको शारदा माविमा ११ को परिक्षा परिक्षा दिईरहेका ६ जना नक्कली परिक्षार्थी लाई प्रहरीले पक्राउ गरेको छ ।
धनगढीका दर्पण शर्मा, कपिल तिवारी र भगवती पडालको परिक्षा दिईरहेका सन्तोष भट्ट, अविनाश दत्त र आशा थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।
नक्कली परिक्षार्थीलाई पक्राउ गरेपछि उनीहरुले दिएको जानकारीको आधारमा परिक्षा दिन लगाउने गरि तीन जनालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनिहरु जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन । उनिहरु विरुद्ध शिक्षा ऐन अन्र्तगत कार्वाही गरिने प्रहरीले जनाएको छ । नक्कली परिक्षा दिने र दिलाउने दुवैलाइ एक लाख जरिवाना र ६ महिना कैद तथा दुवै सजाय हुन सक्ने कानुनमा उल्लेख छ ।