नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूर पश्चिम प्रदेश समितिको बैठकले कञ्चनपुरका नौ वटै तहमा नेकपाको नेतृत्व चयन गरेको छ
नेकपाले भीमदत्त नगरपालिकाको अध्यक्षमा रमेश तिरुवा र सचिवमा तारा दत्त जोशीलाई चयन गरेको छ । पुनर्वास नगरपालिकाको अध्यक्षको जिम्मेवारी पदम पुजारालाई दिईएको छ । सचिवको जिम्मेवारी गंगा बहादुर तामाङ्गले पाएका छन् । बेलौरी नगरपालिकाको अध्यक्षमा बाबुराम न्यौपाने र सचिवमा हर्क भुल चयन भएका छन् ।
त्यस्तै बेदकोट नगरपालिकामा लाल परियारलाई अध्यक्ष र चक्र पाण्डेयलाई सचिवमा नियुक्त गरिएको छ । कृष्णपुर नगरपालिकाको अध्यक्षमा शेर बहादुर रोकाया र सचिवमा जगदीश मल्ललाई चयन गरिएको छ । शुक्लाफाँटा नगरपालिकामा भक्तराज जोशी अध्यक्ष र देवदत्त भट्ट सचिव भएका छन् ।
महाकाली नगरपालिकामा अध्यक्षको जिम्मेवारी किशोर सुब्बा र सचिवको जिम्मेवारी भीम कुमालले पाएका छन् । यसैगरी लालझाडी गाउँपालिकाको अध्यक्षमा ओम प्रकाश राना र सचिवमा निर्मल राना, बेलडाँडी गाउँपालिकाको अध्यक्षमा लक्ष्मण भाट र सचिवमा मोहनदेब बड़ु चयन भएका छन् ।