२८ भदौ, २०७६ काठमाडौं ।
प्रतिनिधिसभार र राष्ट्रिय सभाको छुट्टछुट्टै तथा संयुक्त गरी संधीय संसद्को कारबाही सञ्चालनका लागि तीन ओटा नियमावली बनाइएका छन् । नियमावलीअनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभामा शुन्य तथा विशेष समयमा संसद्हरुले राखेको जिज्ञासाको जवाफ सम्बन्धि मन्त्रीले पाँच दिन भित्र दिइसक्नुपर्छ ।
महिनामा दुइपटक प्रधानमन्त्रीले प्रतिनिधिसभामा उपस्थिति भएर सांसदसंग प्रत्यक्ष प्रश्नोत्तर गर्नुपर्छ । मन्त्रीहरुले सभामुखमार्फत १० दिनभित्र सांसदको प्रश्नको उत्तर दिनुपर्छ । जरुरी सार्वजनिक महत्वको प्रस्ताव र संकल्प प्रस्तावमाथि सदनमा छलफल गरी दिएको निर्देशन सरकारले पालना गर्नुपर्छ ।