धनगढी, ९ मंसिर/नेपाली काँग्रेसको महाधिबेशन प्रतिनिधिमा धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्ट सर्वाधिक मतले बिजयी भएका छन् ।नगर प्रमुख वड प्रत्यक्ष तर्फ सर्बाधिक ३७७ मत सहित विजयी भएका छन् । त्यसैगरी उप–प्रमुख सुशीला मिश्र भट्टले सबैभन्दा बढी ३८२ मत खसआर्य कोटामा प्राप्त गरि बिजय भएकी हुन । कैलाली क्षेत्र नम्बर ५ को मतगणनाको परिणाम अनुसार नेपाली काँग्रेस क्रैलालीका सभापति नर नारायण शाह मनु ३६२, क्षितिज भण्डारी ३४५, प्रकाश देउवा ३०३, डिल्लीराज पन्त २३५ , गणेश देउवा २६०,कृष्ण बहादुर महरा २१०, नारायणदत्त भट्ट २०६, उद्धव बहादुर बिष्ट १९४ र हरिश खड्का १८७ विजयी भएका छन् ।
महाधिबेशन प्रतिनिधिका लागि भएको निर्बाचनमा प्रत्यक्ष महिला तर्फ निपा चोखाल, २८७ डम्बरी महरा रक्षा २४३, पुष्पा भट्ट २१५ र रीता बम भण्डारी २२० विजयी भईन । समावेशी, अपांग÷मधेशी तर्फ धर्मराज ओझा २२४ मतले विजयी भएका हुन् ।नगरप्रमुख वडले आफुलाई अत्याधिक मत दिएर महाधिवेशन प्रतिनिधीमा सर्वाधिक मतले बिजयी गराउने वडा सभापति, क्षेत्रिय प्रतिनिधि र आम कांग्रेसका नेता कार्यकर्ता प्रति आभारी रहेको बताए ।
नगर उप–प्रमुख सुशीला मिश्र भट्टले अत्याधिक मत दिएर महाधिवेशन प्रतिनिधीमा सर्वाधिक मतले बिजयी गराउने वडा सभापति, क्षेत्रिय प्रतिनिधि धन्यवादका पात्र रहेको बताईन । उनले भनिन्, यहाँहरुले गरेको बिश्वासलाई गुम्न दिने छैन ।