• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

आउजाउमै सकिन्छ योजनाको रकम

बझाङ — सदरमुकाममा रहेको साइपाल गाउँपालिकाको कार्यालयमा सेवाग्राहीको घुँइचो थियो । जन्म, मृत्यु दर्ता गर्नेदेखि नागरिकताको सिफारिस लिन आएकाहरू आफ्नो काम चाँडो गरिदिन कर्मचारीहरूलाई अनुरोध गरिरहेका थिए ।

योजना सम्झौता गर्न र किस्ता भुक्तानीका लागि आइतबार आएकाहरू आफ्नो काम छिटो नभएकामा मुर्मुरिँदै पनि थिए । ‘चैनपुर आएकै ४ दिन भइसक्यो । अझै काम भएन । घरको काम अलपत्र छ,’ योजना सम्झौता गर्न आएकी उपभोक्ता समिति कोषाध्यक्ष विमला बोहराले भनिन्, ‘आउँदाजाँदा ४०/५० हजार खर्च हुन्छ ।’

साइपालका बासिन्दालाई सदरमुकाममा आएर पनि कार्यालय र जनप्रतिनिधि खोज्न हम्मे हुन्छ । ‘फोन गर्दा कहिले काठमाडौं त कहिले धनगढी छौं भनेर जवाफ दिन्छन्,’ वडा ५ का उमेश बोहराले भने, ‘कहिले उनीहरू (जनप्रतिनिधि र कर्मचारी) को फोनै अफ हुन्छ । दु:ख ज्युँका त्युँ छन् ।’ गाउँगाउँमा सिंहदरबारको नारा दिएर स्थानीय तहहरू गठन भए ।

साइपाल गाउँपालिकाको सिंहदरबार भने सदरमुकाममै छ । यहाँ जनताले सामान्य सिफारिसदेखि योजना सम्झौता र निकासा गर्न पनि सदरमुकाम धाउनुपर्ने बाध्यताबाट मुक्ति पाएका छैनन् । दैनिक सेवा दिनुपर्ने कर्मचारीहरू पनि सदरमुकामकै कार्यालयमा हुन्छन् ।
कार्यालय सेवाग्राहीभन्दा पनि जनप्रतिनिधि र कृषि, पशुसेवा, महिला बालबालिका हेर्ने कर्मचारीहरूले भरिएको हुन्छ । सदरमुकामदेखि ३ देखि ५ दिनसम्मको पैदल दूरीमा रहेको साइपालका विभिन्न गाउँबाट सदरमुकाम आउजाउ गर्न कम्तीमा ५ देखि १० दिनसम्म लाग्छ ।
धुलीबाट हिँडेर नागरिकताको सिफारिस लिन सदरमुकाम पुगेका सरोज बोहराले भने, ‘एउटा सिफारिस लिन पनि २०/३० हजार रुपैयाँ खर्च गर्नुपर्ने अवस्था छ । गाउँपालिका बनिसकेको ३ वर्ष हुदाँ पनि हामीले घर दैलोमा सेवा पाउन सकेका छैनौं ।’
विकास निर्माणको रकम आउजाउमै सकिन्छ

गाउँपालिकाको कार्यालय सदरमुकाममा हुँदा सबैभन्दा बढी यहाँको विकास निर्माणका काम प्रभावित भएका छन् । गत वर्ष सम्पन्न भएको वडा २ धलौनको भलकुलो निर्माण योजनाको उदाहरण दिँदै स्थानीय वसन्त बोहराले भने, ‘१ लाखको योजना थियो । ६१ हजार रुपैयाँ उपभोक्ता समितिका ३ पदाधिकारीको चैनपुर आउँदाजाँदाको खाना, बास र यातायातमै सकियो । बचेको ३९ हजारले २ दिन कुलो सोर्होने काम गरी योजना पूरा भयो ।’

‘सबै योजनाको १० देखि २० प्रतिशतसम्म रकम चैनपुर आउजाउमै सकिन्छ,’ कायाखोला लघु जलविद्युत् योजनाका अध्यक्ष मानबहादुर बोहराले भने, ‘सानातिना योजनाको कामै हुदैन । यता निमित्त प्रमुख प्रशाशकीय अधिकृत राधाकृष्ण जोशीले गाउँपालिकामा बैंक, इन्टरनेट, हुलाक सेवा नभएकाले सदरमुकाममा कार्यालय खोल्नुपरेको बताउँछन् ।

‘सबै काम चैनपुरमै हुने भएकाले यता सम्पर्क कार्यालय खोलेका हौं,’ उनले भने, ‘उता फोन सम्पर्कै हुँदैन । मन्त्रालय र प्रदेशले गर्ने परिपत्रहरूबारे समेत जानकारी हुँदैन । त्यसैले सदरमुकाममा बसेका हौं ।’ उनले महिनाको ३ दिन कार्यापालिकाको बैठक साइपालमै बस्ने गरेको बताए
।
कान्तिपुर दैनिकबाट

बिहिबार, जेठ ०९, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.