धनगढी, २६ भदौ
सुल्सुले माइट को टोकाइबाट सर्ने स्क्रव टाइफसको संक्रमण वाट कैलालीमा आज एकजनाको मृत्यु भएको छ । विरामी भएपछि उपचारका लागी मायामेट्रो अस्पतालमा भर्ना भएका २० वर्षिय भरत खातीको आज अपरान्ह करिब ४ वजे मृत्यु भएको अस्पतालका डा मोहन भट्टराइले जानकारी दिए । भदौ २१ गते अस्पताल भर्ना भएका खातीको आइसियुमा उपचार भइरहेको र आज मृत्यु भएको अस्पतालले जनाएको छ ।
मुसा जातीमा पाइने एक प्रकारको परजिवी सुल्सुले किर्नामा यो रोगको किटाणु हुने र उक्त किर्नाले मानिसलाइ टोकेमा स्क्रव टाइफसको संक्रमण हुने चिकित्सक वताउछन ।
किर्नाले टोकेको ठाउमा घाउ हुन, शरिरमा विमीरा देखिनु, अत्यधिक ज्वरो आउनु, शरिरका विभिन्न भाग दुख्नु स्क्रव टाइफसका लक्षण हुन । समयमै रोग परिक्षण गरी उपचार गरेमा यो रोग निको हने हुदा रोगको शंका लाग्ने वित्तीकै अस्पताल जान स्वास्थ्यकर्मीले सुझाव दिएका छन । स्क्रब टाइफस एक प्रकारको जीवाणु ‘रिकेटसया सुसुगामुसी’ ले संक्रमित सूक्ष्म किरा ९माइट० को टोकाइबाट फैलिन्छ । समयमै उपचार नगरे यसले मस्तिष्क, कलेजो, फोक्सो थुप्रै प्रकारको संक्रमण हुन्छ । यो किरा मुख्यत खेत, झाडी, घाँस आदि ठाउमा रहने मुसा प्रजातिको जनावरमा पाइन्छ । यो रोग उत्पन्न गर्ने ब्याक्टेरिया संक्रमित मुसाको पेटभित्रको खाल्डाहरूमा बस्छ ।