धनगढी,२मंसिर।नेपाली काँग्रेस कैलालीको पालिका अधिवेशनमा १३ ओटै स्थानिय तहमा नेपाली काँगेसका सभापति शेर बहादुर देउवा पक्षका सभापतिहरुले बिजय हासील गरेका छन् । कात्तिक ३० गते भएको पालिका अधिवेशनबाट जिल्लाका सबै स्थानिय तहमा काँग्रेस सभापती देउवा पक्षका सभापतीहरुले बिजय हासील गरेका हुन् ।
जस अन्तर्गत देउवा पक्षका धनगढी उपमहानगर पाकिकामा यज्ञराज उपाध्याय, गौरिगंगा नगरपालिकामा पहलविक्रम चन्दको पूरै समूह, लम्किचुहा नगरपलिकामा इन्द्र कुँवरको पूरै समूह, टीकापुर नगरपालिकामा नरेश खत्रीको पूरै समूह, भजनी नगरपालिकामा नवराज मिश्रको पूरै समूह, चुरेगाउँपालिकामा हेम शाहको पूरै समूह, जानकी गाउपालिकामा गणेश रेग्मीको पूरै समूह,बर्दगोरियामा कृष्ण विष्टको पूरै समूह, कैलारी गाउँपालिकामा कृष्ण चौधरी, मोहन्यालमा कमल साउदको पूरै समूह, जोशीपुरममा वसिराम चौधरी गोदावरी नगरपालिका वीरवहादुर चोखालको समूह र घोडाघोडी नगरपालिकामा वमवहादुर सिंहको समूहले जित हासिल गरेको नेपाली काँग्रेस कैलालीका जिल्ला सदस्य तथा प्रचार प्रसार समितिका संयोजक नृप बहादुर सुनारले जानकारी दिए ।
बुधबार भएको अधिवेशममा १३ वटापालिकामध्ये चारवटा पालिकामा सर्वसम्मतरुपमा नेतृत्व छानिएको सुनारले जानकारी दिएका छन् ।यस्तै धनगढी उपमहानगर पालिकामा सभापतिमा सहमति भए पनि अन्य पदाधिकारीमा सहमतिको प्रयास भइरहेको बताईएको छ ।कैलालीमा मंसिर ३ गते हुने प्रदेश अधिवेशन, ६ गते हुने क्षेत्रीय अधिवेशन र १० गते हुने जिल्ला अधिबेशन हुने कार्यतालिका रहेको छ ।