धनगढी — सुदुरपश्चिम प्रदेश सरकारको बजेट खर्च निरासाजनक देखिएको छ । बजेट विनियोजनका बेला हचुवाका भरमा योजनाहरू तर्जुमा गरेका कारण चालु आवमा १० महिनाको अवधिको कूल बजेटको २० प्रतिशत मात्र खर्च भएको देखिएको छ ।
‘केही स्थानीय तहले सोझै आफ्नो खातामा रकम निकासा गर्न पत्राचार गर्ने गरेका छन्,’ उनले भने, ‘कतिपय योजनामा प्रदेशबाट आएका योजनालाई सिफारिस दिन्नौ भनेर अल्झाएका छन् ।’
अर्कोतिर ठेक्का भएका योजनाहरूमा त्यही काम निर्माण कम्पनीले विनियोजित बजेट भन्दा कम्तीमा ४० प्रतिशत घटाएर जिम्मा लिन्छन् । त्यसो हुँदा भौतिक प्रगति पुरा हुने भएपनि वित्तिय प्रगति कम देखिने गरेको हुन्छ । ‘वित्तिय र भौतिक प्रगति दुबै कोणमा समिक्षा हुनु पर्छ’ उनले भने ‘मुख्य कुरा खर्च भन्दापनि भौतिक प्रगति भए नभएको हेर्नुपर्छ ।’
आर्थिक मामिला तथा योजना मन्त्रालयले कूल बजेटमा चालु आर्थिक वर्षमा ७० प्रतिशत बजेट खर्च हुने दावी गरेको छ ।
मन्त्रालयका सचिब गोपालप्रसाद अर्यालले प्रदेशका सबै मन्त्रालयसँंग बुझ्दा विनियोजित योजनाहरूमा तिब्र गतिमा काम भइरहेको छ । भुक्तानी गर्न बाँकी रहेकोले अहिलेसम्मको खर्च न्यून देखिएको सचिव अर्यालले बताए ।
।
