देशका विभिन्न भागमा डेंगु रोगको संक्रमण भईरहेका वेला सुदुरपश्चिमका पहाडि जिल्लामा भने स्क्रब टाइफस रोगको संक्रमण फैलिन थालेको छ । पछिल्लो १० दिन यता डडेल्धुरा अस्पतालमा २७ जनामा स्क्रब टाइफस रोगको संक्रमण देखापरेको डडेल्धुरा डडेल्धुरा अस्पतालका निमित्य मे.सु डा. जितेन्द्र कँडेलले वताउँनु भयो ।
स्क्रव टाईफस रोगको संक्रमण भएका २७ जना विरामी डडेल्धुरा सहित बझाङ, बैतडी, डोटी, दार्चुलाका रहेको निमित्य मे.सु डा.कँडेलले वताउनु भयो ।
स्क्रब टाइफस रोग मुसावाट माइट नामक भुसुनाले मानिसमा सार्ने गरेको छ। स्क्रब टाइफस रोग लागेमा ज्वरो आउने, मांसपेसी, दुख्ने अत्यधिक टाउको दुख्ने, पसिना आउने, खोकी लाग्ने जस्ता लक्षण देखापर्ने चिकित्सक वताउँछन् ।

सरसफाईमा ध्यान नदिँदा यो रोगको संक्रमण बढ्ने भएकाले पूरै शरीर ढाक्नेगरी लुगा लगाउने, खुला ठाउँमा शौच नगर्ने र स्क्रब टाइफसका लक्ष्ण देखा परेमा स्वास्थ्य संस्थामा गई उपचार गराउन पनि चिकित्सकले सुझाव दिएका छन् ।
गत वर्ष असोजको तेस्रो साता पहिलो पटक देखापरेको यो रोगको संक्रमण दुई साता नबित्दै ३३ जनामा देखापरेको थियो। जस्वाट वैतडी र डडेलधुरामा गरी २ जनाको मृत्यु भएको थियो ।
