कञ्चनपुर, २१ भदौँ
नेपाल औषधी व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा रामचन्द्र बुडा निर्वाचित भएका छन् । शनिबार औषधी व्यवसायी संघ कञ्चनपुरको प्रथम अधिवेशनबाट अध्यक्षमा बुडा निर्विरोध निर्वाचित भएका हुन् । औषधी व्यवसायी संघ कञ्चनपुरको उपाध्यक्षमा वंशीधर कलौनी, महासचिव जनक बहादुर चौधरी, कोषाध्यक्ष देवराज पाण्डेय, सचिव केशव ओझा, उप–कोषाध्यक्ष राज कुमार चौधरी चयन भएका छन् । भने सदस्य तर्फ गणेश गिरी, सिद्धराज बोहरा र प्रदिप चौधरी भएका छन् ।
संघको प्रथम अधिवेशन कञ्चनपुरको दक्षिणी क्षेत्र कालिकिच ताल क्षेत्रमा भएको थियो । औषधी व्यवसायी संघ कञ्चपुरको नयाँ कार्य समितिका लागि अधिवक्ता पाठकको प्रमुख निर्वाचन अधिकृत थिए । बरिष्ठ पत्रकार चित्राङ्ग थापा र पत्रकार धुव्रराज अवस्थी निर्वाचन समितिमा थिए । निर्वाचन समितिले निर्विरोध औषधी व्यवसायी संघ कञ्चनपुरको कार्य समिति चयन भएको घोषणा गरेको थियो । प्रथम अधिवेशनमा कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नेपाल औषधी व्यवसायी संघका केन्द्रीय सदस्य ललितानन्द जोशी, संघका पुर्व अध्यक्ष कैलाचन्द्र भट्ट, शेर बहादुर बम, निर्वतमान अध्यक्ष धनश्याम कलौनी सहित विभिन्न ३० जना औषिध वितरक कम्पनीलाई सम्मान गरिएको थियो । यस अघि संघको कार्य समिति कञ्चनपुर सहित महाकाली अञ्चलका चारै जिल्ला समेट्ने गरि थियो ।
मुलुक संघीयतामा गएपछि अञ्चलीकरण हटाएर जिल्ला हुँदै प्रदेशको अवधारणा ल्याएको छ । ०४५ सालदेखि स्थापना भएको औषधी व्यवसायी संघले औषधी व्यवसायीको हकहितका लागि काम गर्ने जनाएको छ । औषधी व्यवसायी संघ कञ्चनपुरका नवनिर्वाचित अध्यक्ष रामचन्द्र बुडाले औषधी व्यवसायीको हकहितका लागि काम गर्ने बचन दिएका छन् ।
सम्पूर्ण औषधी व्यवसायीको हक हितका साथै औषधी व्यवसायी भित्रको विकृती हटाउने दावि गरे । अधिवेशन ऐतिहासिक भएको दावि गर्दै उनले आफुलाई पाएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने बचन दिए । औषधी व्यवसायी संघ कञ्चनपुरको नयाँ नेतृत्व सहित टिमलाई उनका सहकर्मीले बधाई तथा शुभकामना दिईरहेका छन् । नेपाल औषधी व्यवसायी संघका निर्वतनमान अध्यक्ष घनश्याम कलौनीको अध्यक्षतामा भएको कार्यक्तममा जिल्लाभरीका औषधी व्यवसायी सहभागि भएका थिए ।