• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

यातायातमा सुधार गर्न खोज्ने हाकिम टिक्नै मुस्किल १५ महिनामा पाँचौँ महानिर्देशक हाजिर

काठमाण्डौ – यातायात व्यवस्था विभागमा १५ महिनामा पाँच जना महानिर्देशक परिवर्तन भएका छन् ।

पछिल्लोपटक भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आफ्नो कार्यकालमा पाँचौ महानिर्देशक नियुक्त गर्ने सिलसिलामा गोगनबहादुर हमाललाई महानिर्देशकको जिम्मेवारी दिनुभएको हो ।

पछिल्लोपटक गएको फागुन २७ गते नियुक्त भएका कुमारप्रसाद दाहाललाई साउनमा सरुवा गरेपछि विभागको नेतृत्व खाली रहेको थियो । खाली रहेको ठाउँमा सुदूर पश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयलको सचिव सम्हालेका गोगनबहादुर हमाललाई तानिएको हो ।

यसअघि विभागका तत्कालीन महानिर्देशक कुमारप्रसाद दाहालले काठमाण्डौको नयाँ बसपार्क सुधार, स्मार्ट लाइसेन्स छपाइमा बदमासी गर्नेहरुलाई कारबाही गर्ने तयारी गरेपछि सरुवा भएको थियो ।

मन्त्रीको स्वार्थ नमिलेपछि १५ महिनामा पाँच जना महानिर्देशक

यातायात व्यवसायी र ठेकेदार कम्पनीका प्यारा मन्त्री भनेर चिनिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले १५ महिनाभित्रै यातायात व्यवस्था विभागमा पाँच जना महानिर्देशकको नियुक्त गरिसक्नुभएको छ । यीमध्ये ३ जनाको सरुवा, एक जनालाई निमित्त दिएर पछि हटाइयो भने गोगनबहादुर हमाल भर्खरै नियुक्त हुनु भएको छ ।

तत्कालीन महानिर्देशक रुपनारायण भट्टराईको पहलमा यातायात व्यवस्था विभागले २०७४ चैत १८ गते यातायात व्यवस्थापन कार्यविधि निर्देशिका संशोधन गर्दै सार्वजनिक यातायातको क्षेत्रमा रहेको सिन्डिकेट खारेज गर्ने निर्णय गर्‍यो ।

कार्यविधि सार्वजनिक गरेलगत्तै विभागका तत्कालीन महानिर्देशक रुपनारायण भट्टराईले भन्नुभएको थियो, ‘अब समितिका नाममा वर्षौँसम्म यातायातमा सिन्डिकेट लगाएर नागरिलाई दुःख दिने व्यवसायीका दिन गएका छन्, सार्वजनिक यातायातको क्षेत्र अब खुला प्रतिस्पर्धामा गएको छ ।’

सिन्डिकेट अन्त्यको चुनौतीपूर्ण निर्णय गरेका यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक रुपनारायण भट्टराईलाई ‘दोस्रो कुलमान घिसिङ’ भन्न थालिएको थियो । उहाँले काममा तलमाथि गर्ने ८० जना कर्मचारीलाई विभागीय कारबाही गरिसक्नुभएको थियो । नागरिकमाझ खुब चर्चित भए पनि भट्टराईलाई मन्त्री महासेठको दबाब थियो ।

त्यसैले उहाँ लामो समय टिक्न सक्नुभएन । उहाँलाई मन्त्री महासेठको चर्को दबाब आयो । केही दिन विदा बसे पनि उहाँलाई २०७५ सालको जेठ ४ गते सरुवा गरियो ।

रुपनारायण भट्टराईको सरुवापछि विभागमा प्रेमकुमार सिंहलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिइयो । तर उहाँलाई पनि धेरै दिन महानिर्देशक पदमा राखिएन ।

त्यसपछि विभागमा साउन १४ गतेदेखि लावण्यकुमार ढकाल महानिर्देशक भएर आउनुभयो । उहाँले स्मार्ट कार्ड छपाइ र नयाँ ट्याक्सी दर्ता गर्ने, ट्याक्सीको गुणस्तर तोक्ने र ट्याक्सीमा रहेको सिन्डिकेट हटाउने मापदण्ड जारी गर्न खोज्नुभएको थियो । तर ढकाललाई पनि फागुन २१ गते सरुवा गरियो ।

फेरि फागुन २७ गते कुमार दाहाललाई यातायात व्यवस्था विभागको महानिर्देशक बनाइयो । तर उहाँको अवधि पनि ४ महिनाभन्दा धेरै टिकेन । दाहाललाई विभागबाट सरुवा गरिएको छ ।

१५ औं महिनामा अहिले यातायात व्यवस्था विभागमा पाँचौ महानिर्देशकका रुपमा गोगनबहादुर हमाललाई मन्त्री महासेठले नियुक्त गर्नुभएको छ ।

राम्रो काम गर्न खोज्नेहरु टिक्नै मुस्किल

यातायात व्यवस्था विभागमा सुधार गर्न खोज्ने महानिर्देशक टिक्नै मुस्किल हुने गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको स्वार्थ नमिल्नेबित्तिकै महानिर्देशकको सरुवा हुने गरेको छ ।

‘यहाँ सुधारको लागि आउनेहरु धेरै टिक्न सक्दैनन्, यसअघि सरुवा भएका महानिर्देशकहरुले मन्त्रालय र मन्त्रीको दबाब खेप्न नसकेको बताउनुहुन्थ्यो ।’ विभागका एक इन्जिनियरले उज्यालो अनलाइनसँग भने ।

मन्त्री महासेठ नागरिकले आम सर्वसाधारणको हितका लागि यातायात क्षेत्रको सुधारको लागि भन्दा पनि व्यवसायीहरुको हितमा काम गरेका प्रसस्तै उदाहरण छन् ।
यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक भट्टराईले सिन्डिकेट हटाउने निर्णय गर्दा यातायात व्यवसायी बाहेक देशका सबैजसो नागरिक एकजुट थिए ।

तर महानिर्देशकले ल्याएको कार्यविधि लागु हुन्छ भन्ने व्यवसायीलाई भने पत्यार थिएन । किनकि उनीहरुलाई भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको साथ थियो । त्यसैले यातायात व्यवसायीले कार्यविधि ल्याउने तत्कालीन महानिर्देशक रुपनारायण भट्टराईलाई भेट्नुअघि मन्त्री महासेठलाई भेटेर कार्यविधि खारेजीको माग थिए । महासेठले ‘तपाईँहरुलाई अप्ठेरो पार्दिनँ’ भन्दै व्यवसायीलाई विश्वस्त पार्नुभएको थियो ।

यातायात समिति कम्पनीमा जाने म्याद थपेको थप्यै

यातायात व्यवसायी समितिहरु कम्पनीमा जाने गरी २०७४ सालकै चैतमै कार्यविधि आइसकेको थियो । २०७५ सालको वैशाख ५ गतेको मन्त्रिपरिषद्को निर्णयले साउन १ गतेभित्रै सबै यातायात व्यवसायी समितिहरु कम्पनीमा जानुपर्ने र नगएमा रुट इजाजत नै खारेज गर्ने निर्णय गरेको थियो । तर मन्त्री रघुवीर महासेठकै आग्रहमा यो बाध्यतालाई पर सारियो ।

दोस्रो पटक म्याद थप गरेर यातायात व्यवसायीहरु कम्पनीमा जानुपर्ने २०७५ सालको मंसिर मसान्तसम्म पुर्‍याइयो । मन्त्री महासेठको ढाडस पाएका व्यवसायीलाई मंसिर मसान्तसम्म पनि कम्पनीमा नगएपछि तेस्रोपटक म्याद थपेर फागुन मसान्तसम्मको समय दिइयो ।

फागुन मसान्तसम्म पनि सबै व्यवसायी कम्पनीमा गएनन्, मन्त्री महासेठले जेठ १२ गतेसम्म म्याद थप्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजानुभयो र अन्तिम म्याद जेठ १२ तोकियो । अझै पनि व्यवसायीले आनाकानी गरेपछि असारसम्ममा सबै व्यवसायी कम्पनीमा जाने म्याद थपियो । अहिले सबैजसो यातायात व्यवसायी कम्पनीमा दर्ता भएका छन् ।

राष्ट्रियकरण गर्नुपर्ने सम्पत्ति फेरि व्यवसायीलाई

२०७५ वैशाख २१ को मन्त्रीस्तरीय निर्णयअनुसार देशभरि रहेका २ सय ४५ वटा यातायात समितिका बैंक खाता रोक्का गरिएको थियो । घर जग्गालगायतका भौतिक सम्पत्ति बिक्री वितरणमा पनि बन्देज लगाइएको थियो ।

संघसंस्था दर्ता ऐनको दफा १४ को उपदफा १ मा ‘संस्थाको विधानबमोजिम कार्य सञ्चालन गर्न नसकी वा अन्य कुनै कारणवश संस्था विघटन भएमा त्यस्तो संस्थाको सम्पूर्ण जायजेथा नेपाल सरकारमा सर्नेछ’ भन्ने उल्लेख छ ।

यो व्यवस्थाअनुसार विघटन भएका सबै यातायात समितिका नाममा रहेको अरबौँको सम्पत्ति स्वतः राज्यको नाममा आउनुपर्ने थियो । तर साउन १६ गतेको मन्त्रिपरिषद्को बैठकले समितिका नाममा रहेको सम्पत्ति र बैंक ब्यालेन्स रुपान्तरित कम्पनीको नाममा लैजान दिने निर्णय गर्‍यो ।

स्रोतका अनुसार यातायात व्यवसायीले यातायातमन्त्री महासेठसँग कम्पनीमा रुपान्तरणको हुनका लागि समितिको सम्पत्ति कम्पनीको नाममा नामसारी हुनुपर्ने माग गरेको थिए । मन्त्री महासेठले यसमा व्यवसायीलाई साथ दिने बताउँदै आउनुभएको थियो ।

‘हामीले लामो समय लगाएर करोडौंको सम्पत्ति जम्मा गर्‍यौँ’, तर त्यो सम्पत्ति राष्ट्रियकरण गर्ने कुरा अव्यवहारिक थियो, हामीले मन्त्रीलाई गरेको गुनासो सम्बोधन भएको छ’, उज्यालो अनलाइनसँग एक यातायात व्यवसायीले भनेका थिए ।

यातायात व्यवसायी र ठेकेदार पोस्ने विषयमा गृह मन्त्रीसँग ठाकठुक

यातायात व्यवस्था विभागले २०७४ सालको चैतमा कार्यविधि बनाएर यातायात समिति खारेज गर्ने निर्णय गरेपछि केही व्यवसायीले सम्पत्ति नामसारी गर्न थालिसकेका थिए । यसैबीचमा गृह मन्त्रालयले २०७५ सालको वैशाख २१ गते समितिहरुको सम्पत्ति रोक्का गर्ने निर्णय गरेको थियो ।

तर यसमा यातायात मन्त्री रघुवीर महासेठको आपत्ति रहेको थियो । सार्वजनिक कार्यक्रममा गृह मन्त्री रामबहादुर थापा ‘बादल’ले कुनै पनि हालतमा सिन्डिकेटलाई ब्युँतिन नदिने भाषण गर्नुभएको थियो भने, यातायातमन्त्री महासेठले व्यवसायीका पीर मर्का बुझ्दै विस्तारै सिन्डिकेट हट्ने बताउनुभएको थियो ।

यस्तै २०७५ सालको असारमा गृह मन्त्रालयले विशेषगरी सडकको काम समयमा नसक्ने देशैभरिका ठेकेदार कम्पनीलाई कारबाही गर्ने तयारी गरेको थियो । गृह मन्त्री बादलको निर्देशनमा गृह मन्त्रालयले ढिलाइ भएका ४ सय आयोजनाको तथ्यांक संकलन गरेर ठेकेदारलाई कारबाही गर्ने तयारी गरेको थियो । तर मन्त्री महासेठले सरोकारवालाको कारण आयोजनामा ढिलाइ गरेको भन्दै कारबाहीलाई स्थगित गराउनुभयो ।

रुख नकाटिएको, बिजुलीको पोल नसारिएको, ढलले अवरोध गरेको, जग्गा मुआब्जा वितरणमा ढिलाइ भएको भन्दै मन्त्री महासेठले कारबाहीको सस्तो लोकप्रियता नदेखाउन चेतावनी दिनुभएको थियो ।

गृहले ७७ ओटै जिल्ला प्रशासन कार्यालयलाई समयमा काम नसक्ने ठेकेदार कम्पनीको विवरण बुझाउन निर्देशन दिएको थियो । धेरैजसो जिल्लाले विवरण पठाए पनि कारबाही भने हुन सकेन ।

शनिबार, भदौ २१, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.