धनगढी, भदौ २१
नेपाल आईस धनगढी फुटसल लिग अन्तर्गत शनिबार भएका क्वाटरफाईनल खेलपछि सेमिफाईनल समिकरण पुरा भएको छ । भदौ ६ गतेदेखि सुरु भएको प्रतियोगिता अन्तर्गत लिग चरणका २४ खेल सम्पन्न भएपछि शनिबार चार वटा क्वाटरफाईनलका खेल सकिएपछि सेमिफाईनल समीकरण पुरा भएको हो । शनिबारका खेलमा जित हात पार्दै सेन्चुरी नविल एनआईसि एसिया र कैलाश विकास वैंक सेमिफाईनलमा प्रवेश गरेका छन् ।
शनिबार भएको पहिलो क्वाटरफाईनलमा सेन्चुरी वैंकले बै.क अफ काठमाण्डौंलाई १३–२ को फराकिलो अन्तरले हरायो । सेन्चुरीका लागि तपराज जोशीले दोहोरो ह्याट्रिक सहित ७ गोल गरे । पदम कठायत क्षितिज सिंह र शिवराज पाठकले २÷२ गोल थपे । वैंक अफ काठमाण्डौंका लागि महेश जोशीले दुई गोल फर्किए ।
शनिबार नै भएको दोस्रो क्वाटरफाईनलमा नविल वैंकले नवजीवज को–अपरेटिभ्समाथि रोमाञ्चक जित हात पारेको छ । निर्धारित समयमा दुई टीमले १÷१ को बराबरी खेलेपछि समय थप गरिएको थियो । थप गरिएको समयको पहिलो हाफमा एक गोल गर्दै नवजीवजले अग्रता कायम ग¥यो । तर दोस्रो हाफको थपिएको ५ मिनेटमा ४ गोल गर्दै नविल वैंकले ५–२ को जित हासिल गरेको छ । नसिवलका लागि विरेन्द्र चन्द र विवेश विष्टले दुई दुई गोल गर्दा केशव चौधरीले एक गोल थपे । नवजीवनका लागि जीतवहादुर थापाले दुई गोल फर्काए ।
तेस्रो क्वाटरफाईनलमा भने कैलालश विकास बैंकले सानदार जित हासिल ग¥यो । कैलाशले सिद्धार्थ बैंकलाई १८–२ को निकै फराकिलो अन्तरले हराएर अन्तिम चारमा पुग्यो । कैलाशका लागि दोहोरो ह्याट्रिक सहित ७ गोल गरे भने महेश चौधरीले ह्याट्रिक सहित ५ गोल गरे । चन्द्र साउँदले ह्याट्रिक गर्दा निरक ओली र निशान थापाले एक एक गोल थपे । एक गोल कैलाशले आत्मघाती उपहार पायो । सिद्धार्थका लागि आशिष थापाले दुई गोल फर्काए ।
चौथो तथा अन्तिम क्वाटरफाईनलमा एनआईसी एसिया विजयी भएको छ । एनआईसीले कुमारी वैंकलाई ९–५ ले हराएको हो । एनआईसिका लागि महेश शाही र दिपक विष्टले ह्याट्रिक सहित चार÷चार गोल गरे भने युवराज कुँवरले एक गोल थपे । कुमारीका लागि किशोरराज भट्टले एक्लै पाँच गोल गरे पनि आफ्नो टीमलाई जिताउन सकेनन् ।
गत भदौ ६ गतेदेखि सुरु भएको नेपाल आईस धनगढी फुटसल लिगको भदौ २७ गते शुक्रबार सेमिफाईनल र भदौ २८ गते शनिबार फाईनल खेल हुनेछ । अब हुने पहिलो सेमिफाईनलमा सेन्चुरी बैंक र नविल वैंक तथा कैलाश विकास वैंक र एनआईसी एसिया भिड्नेछन् । यसअघि लिग चरणमा सेन्चुरी र नविल समुह ए मा कैलाश र एसआईसी समुह बी मा रहेका थिए । लिग चरणमा सेन्चुरीले नविल र कैलाशले एनआईसी एसियालाई हराएको थियो ।
धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा जारी प्रतियोगिताको विजेताले ट्रफी सहित नगद ५० हजार पाउनेछ । उपविजेताले ट्रफी सहित नगद २५ पाउनेछ । धनगढीको फ्ल्याटल्याण्ड फुटसलको आयोजना र नेपाल खेलकुद खेलकुद पत्रकार मञ्च कैलालीको सहआयोजनामा गत भदौ ६ गतेदेखि नेपाल आईस धनगढी फुटसल लिग आयोजना भईरहेको छ ।