कैलालीको धुर्जन्नामा गएराती आमाछोरी माथी दुई जनाले बलात्कारको प्रयास गरेको पीडितहरुले बताएका छन् । गाउँमा तिजको रमाईलो हेरेर घर फर्केर सुत्ने तयारी गर्दै गर्दा आएका दुई जना मध्ये एउटाले आमालाई घरभित्रै र अर्कोले छोरीलाई घर बाहिर लगि बलात्कारको प्रयास गरेका थिए । पिडित आमाका अनुसार ‘हामी आमाछोरी अलग–अलग कोठामा सुत्ने गरेका थियौ ।
तर राती घरमा केही आवाज आएपछि छोरी डराएर मसंग संगै सुत्न आई, त्यही बेला नजिकै कोही उभिएको जस्तो लागेर छोरीले मोबाइलको लाईट बालेर हेर्दा शरिरमा कट्टु मात्रै लगाएका र मुख छोपेका दुई जना देखेपछि हामी आत्तियो । केही बोल्नु अगावै एउटाले मेरो र अर्कोले छोरीको मुख छोपे । त्यसपछि मलाई घरभित्रै एउटाले मुखमा केहि कोचेर घाटी थिचि रह्यो । अर्कोले छोरीलाई घर बाहिर लिएर गयो ।’
त्यसपछि करिब २०÷२५ मिनेटपछि छोरी कराएको आवाज सुनेपछि मलाई समाएको व्यक्ति समेत छोडेर भाग्यो अनि हारगुहार गरेर छिमेकी बोलायौ । आमाले भनिन्–‘अनि छोरी पनि हिलोमा लतपतिएको अवस्थामा आईपुगि ।’ कट्टु मात्रै लगाएको मान्छे देखेपछि हामी आमाछोरी खुबै आत्तियौ छोरीले भनिन् –‘मलाई लिएर गएको व्यक्तिले मलाई बलात्कारको प्रयास ग¥यो । तर मैले उसको एउटा औटा र हतकेलामा जोरले टोकीदिए मेरो मुखभरी खुनैखुन थियो ।’
उनले अगाडी भनिन्–‘त्यसपछि पनि उक्त व्यक्तिले मेरो घाटी थिचि रह्यो मुखमा कपडा कोचेको थियो । पुनः उसले मेरो गुप्ताङ्गमा हात लैजाने कोशिस ग¥यो मैले फेरीपनि लात्ताले हिर्काए, उसले मेरो मुखमा औला हाल्यो र मेरो ओठको भित्रपट्टि कोतारियो, गुप्ताङ्गमा समेत थोरै कोतारिएको छ ।’ उनले पुनः भनिन् – ‘मलाई उसले हिलो भएको नालीमा लडायो मैले परेको जस्तो नाटक गरे, उसले मेरो पेटमा छाम्यो मैले सास रोकेर राखे अनि म¥यो भनेर छाडेर गएको हुनु पर्छ । जाने बेलामा थारु भाषमा ‘चलोजाई’ भनेको भएर उक्त घटनामा थारु समुदायको मानिस भएको हुनु पर्ने उनले बताइन् ।
हाल आमा छोरीको सेती अञ्चल अस्पतालमा उपचार भैरहेको छ । उपचारमा संलग्न चिकित्सकले प्रारम्भिक चेकजाचमा बलात्कार नदेखिएपनि गुप्ताङ्ग र शरिरका अन्य भागमा चोट पटक भने देखिएको बताए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतले घटनामा संलग्नहरुको गएराती देखिनै खोजी कार्य भैरहेको बताए । उनले घटनामा संलग्न जोकोही भएपनि छिट्टै पक्राउ पर्ने दावी समेत गरे । पश्चिम टुडेबाट