लोकबहादुर देउवा
लम्की ६ जेष्ठ/ आईतबारबाट सुरु भएको लम्कीचुहा नगरपालिकाको चौथो नगर सभा दुई वडा अध्यक्षले बहिस्कार गरेका छन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेको नगर सभामा योजना छनौट र नगरको बजेट वितरणमा मनोमानि गरेको भन्दै बहिस्कार गरेका हुन ।
नगरपालीकाले नाफामुलक सहकारी हरुलाई एकाधिकार तरीकाले पैशा वितरण गरेको भन्दै वडा नम्बर २ का वडा अध्यक्ष बिष्णु ढकाल सहित सबै वडासदस्यहरुले सभा बहिस्कार गरेका छन् । उनहरुले आफ्ना कार्यक्रता पाल्नको लागी नाफामुखी संस्थाहरुलाई मेयर महादेव बजगाईले पैशा वितरण गर्न लागेको आरोप लगाएका छन् ।
त्यस्तै आफु कांग्रेसबाट जितेको वडा अध्यक्ष भएकै कारण तिनै तहका सरकारबाट आउने योजना र बजेटमा पछाडी पारीएको भन्दै वडा नम्बर ३ का वडाअध्यक्ष भक्त बहादुर चलाउने सहित सबै सदस्यहरुले सभा बहिस्कार गरेका हुन ।
उनिहरुले नगरपालीकाले आफुहरुको वडामा न्युन बजेट विनियोजन गरेको र वडाका अत्याआवश्यक योजनहरुलाई पनी प्राथमिकता नदीएको गुनासो गरेका छन् ।
वडाअध्यक्षहरुको बहिस्कार बाबजुत पनि दुई तिहाईले नगरसभामा पालिकाको आर्थिक वर्ष २०७६ र ०७७ को बजेट तथा कार्यक्रम पास भएको छ ।
