• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिममा पाँच हजार आठ सय एचआईभी संक्रमित

महिला, बालवालिका तथा तेस्रो लिङ्गी एचआईभी एड्सबाट बढी पीडित रहेको बताइएको छ । राष्ट्रिय एचआईभी एड्स महासंघ नेपालका अनुसार महिला, बालबालिका तथा तेस्रो लिङ्गी एचआइभीबाट तुलनात्मक रुपमा बढी पीडित छन् । मुलुकभर ३१ हजार २० जना एचआईभी संक्रमित रहेकोमा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रहेको महासंघले जनाएको छ ।

यो प्रदेशमा ५ हजार ८ सय ८१ ज्नामा एचआईभी संक्रमण रहेको जनाइएको छ । प्रदेशमा सबैभन्दा बढी कैलाली जिल्लामा २ हजार ६३४ जना संक्रमित छन् । सबैभन्दा कम दार्चुलामा १४ जनामात्र रहेका महासंघले जानकारी दिएको छ । सुदूरपश्चिममा एचआइभी संक्रमितको तथ्यांक भन्दा अझ बढी रहेको महासंघका सुदूरपश्चिम सहजकर्ता सरिता श्रेष्ठले बताइन् । समाजको अपहेलनाको डरले धेरै संक्रमित अझै खुलेर आउन नसकेका उनले बताइन् । एचआईभी संक्रमितलाई हेलाको रुपमा हेर्ने सामाजिक दृष्टिकोणमा अझै परिवर्तन आउन सकेको छैन ।

संक्रमितहरु पनि समाजमा खुलेर बस्न समस्या हुने गरेको बताउँछन् । समाजले आफूहरुलाई हेलाको दृष्टिले हेर्ने गरेको उनीहरुको गुनासो छ । एचआईभी संक्रमित गोदावरी नगरपालिका–११, का दिलबहादुर वडले अझै पनि समाजमा एचआईभी संक्रमितहरु खुलेर आउन नसकेको बताए । एचआईभी संक्रमितलाई हेर्ने दृष्टिकोण नै सकारात्मक नभएको उनको भनाइ छ । एचआईभी संक्रमितहरुले पनि अरु सरह बाँच्न पाउनु पर्ने वडले बताए । कतिपय संक्रमितहरु अझै उपचारको दायरामा आउन नसकेको उनले भनाइ छ । महाकाली अञ्चल अस्पतालको एआरटी सेन्टरका नन्दराम भट्टले संक्रमितहरुको उपचारमा पनि विभेद् हुने गरेको बताए ।

एचआईभी पोजटीभ भन्ने बित्तिकै उनीहरुको अप्रेशन गर्नुपर्ने भएमा डाक्टरहरुले पनि उपचार नगर्ने उनको गुनासो छ । राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपालका संयोजक क्यारोन राजथलाले २०१७ को तथ्यांकअनुसार नेपालमा ३१ हजार २० जना एचआईभी संक्रमित रहेको बताए । अहिलेसम्म धेरै जना खुलेर आउन नसकेको उल्लेख गर्दै उनले संक्रमितहरु स्वयम् खुलेर बाहिर आउनुपर्ने बताए । त्यसका लागि महासंघले जनचेतनामुलक कार्यक्रम गरिरहेको पनि उनले बताए ।

सोमबार, भदौ १६, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.