बाजुरा २५ बैशाख/नयाँ भेरियन्सको कोरोना भाइरसको सक्रमणबाट बाजुरामा ३५ वर्षीया एक युवक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडीमालिका नगरपालिका–९ का वडाध्यक्ष विनोद कुमार वि क रहेका छन् । संक्रमणपछि जिल्ला अस्पातलको आइसोलेसनमा उपचार गराइरहेका वि क को थप उपचारका लागि डडेल्धुरा पठाइएको थियो । उपचारका लागि डडेल्धुरा लैजादै गर्दा अछामको साँफे बगरमा मृत्यु भएको आफन्त राजेश वि क ले बताए ।
उनका अनुसार जीपमा उपचारका लागि साफे पुर्याएको अवस्थामा बीच बाटोमा सास फेर्न गाह्रो भएपछि बाटोमै मृत्यु भएको वि क ले जानकारी दिए ।
जिल्लामा भ्यान्टिलेटर र आइसीयु नहुँदा थप उपचारका लागि जिल्ला अस्पताल बाजुराले डडेल्धुरा रिफर गरेको थियो । अस्पतालमा दुई वटा भ्यान्टिलेटर र दुई वटा आइसीयु भएपनि जनशक्ति अभावका कारण संचालन हुन सकेका छैनन् ।