कैलाली ५ जेष्ठ/ कैलाली बहुमुखी क्याम्पस प्रजातन्त्रवादी प्राध्यापक संघ क्याम्पस ईकाई समितीको अध्यक्षमा घनश्याम भट्ट र्निविरोध चयन भएका छन् ।
संघको आज सम्पन्न भएको पाचौँ अधिवेशनले क्याम्पस ईकाई समितीको सर्वस्मत नयाँ नेतृत्व चयन गरेको छ । अध्यक्षमा घनश्याम भट्ट, उपाध्यक्षमा सिद्धराज पन्त, सचिव खडक पछेरा, सहसचिवमा रमादेवी जोशी, कोषाध्यक्षमा इसा जोशी रहेका छन् भने सदस्यमा श्रीकृष्ण पन्त, ओमप्रकाश पन्त, डिल्लीराज चटौत, जानकी थापा, हरीराम चौधरी र तिलक बम चयन भएका छन् ।
त्यस्तै अधिवेशनबाट मिन कुवँर, प्राध्यापक तोयराज भट्ट, देवराज अवस्थि, डाक्टर केशव भट्ट, शिवप्रसाद सापकोटा र जनक बहादुर रावल केन्द्रीय प्रतिनिधीको लागी छनौट भएका छन् ।
औपचारीक रुपमा उद्घाटन भएको क्याम्पस ईकाई समिती पाचौँ अधिवेशनमा प्रजातन्त्रवादी प्राध्यापक संघका केन्द्रीय उपाध्यक्ष जगन्नाथ जोशी प्रमुख अतिथी, क्याम्पस प्रमुख पदमराज जोशी बिशिष्ट अथिती थिए भने डाक्टर गोबिन्द जोशी सभापती रहेका थिए ।
कार्यक्रममा प्रजातन्त्रवादी प्राध्यापक संघका जिल्ला समन्वय समिती अध्यक्ष मिन कुवँरले दुई तिहाईको सरकारले प्राज्ञीक युनियन र प्राज्ञिक स्वतन्त्रता, बौद्धिक व्यक्तिहरुमाथी हस्तक्षेप गरेको बताए ।
