दाङमा जिप भिरबाट खस्दा चालकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–४ भंगानेमा मंगलबार राति बा१३च ८०४८ नम्बरको जिप दुर्घटना हुँदा घोराही–१३ बडहराका विष्णु गिरीको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा जिपमा सवार दुई जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–४ का ३३ वर्षीय राजकुमार थापा र र तुलसीपुर–१६ का २३ वर्षीय वसन्त भण्डारी छन्।
घाइतेहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ। रोल्पाबाट घोराही आउँदै गरेको जिप सडकबाट खसेको हो।